अर्जुन ट्रफीः आयुष्मान र जोरा चम्किंदा फ्रेन्ड्स डडेलधुरा विजयी र सीवाईसी अत्तरियाको जितमा कमलको पाँच विकेट

  • कैलाली, माघ २१

क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डडेल्धुरा र अत्तरियाले लगातार दोस्रो जित हासिल गरेका छन् ।

गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको तेस्रो दिन भएका खेलहरुमा जित हात पार्दै दुबै टोलीले सेमिफाईनल प्रवेशको सम्भावना बलियो बनाएका छन् । समुह ए बाट चार अंक सहित फेण्ड्स युथ क्लब डडेल्धुरा र समुह बी बाट समान चार अंक सहित सिवाईसी पनि समुहको शिर्ष स्थानमा रहेको छ ।

सोमबार पहिलो खेलमा फेण्ड्स युथ क्लब डडेल्धुराले बोष्टन क्रिकेट झापालाई ७७ रनको फराकिलो अन्तरले हराउँदै डडेल्धुराले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । डडेल्धुरालाई चार अंक सहित समुह ए को शिर्षस्थानमा पुराउनका लागि कप्तान सन्दिप जोरा र ओपनर आयुषमान बमले सानदार प्रदर्शन गरे ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको डडेल्धुराले खराब मौसमका कारण छोट्टईएको १५ ओभरमा ३ विकेट क्षतिमा एक सय ४३ रन बनायो ।

ओपनिङ ब्याट्सम्यान आयुषमान बमले अविजित ५७ रनको पारी खेले । ३६ बलको सामना गरेका उनले एक छक्का र ७ चौका प्रहार गरे । कप्तान सन्दिप जोराले पनि ५१ रनको अर्धतशकीय पारी गरे । ३० बलको सामना गरेका उनले ४ छक्का र ४ चौका प्रहार गरे । कुशल भुर्तेल २ रन र विनोद भण्डारी ५ रनमा आउट भएपछि धर्मराएको फेण्ड्स क्लब डडेल्धुराको पारीलाई कप्तान सन्दिपले ओपनर आयुष्मान तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गर्दै आफ्नो टीमलाई उच्च स्कोरतिर पुराए । डडेल्धुराका लागि किरण ठगुन्नाले १० बलमा २१ रन बनाए । बोष्टन क्रिकेट झापाका लागि अरुण ऐरीले २ विकेट लिए भने पवन कार्कीले एक विकेट आफ्नो नाममा लेखाए ।

एक सय ४४ रनको लक्ष्य लिएर मैदान उत्रिएको बोष्टन क्रिकेट झापाले १५ ओभरमा ९ विकेट क्षतिमा ६६ रन मात्रै बनाउन सक्यो । झापाका लागि ओपनरद्धय सनम बुढाथोकीले १७ रन र दिपु भुजेलले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । २८ रनमा पहिलो विकेट गुमाएको झापाले त्यसपछि ३८ रन बनाउँदा ७ विकेट गुमाउन पुग्यो । झापाका चार खेलाडी रनको खाता नखोली पेलिभियन फर्किए । डडेल्धुरालाई जिताउनका लागि कुशल भुर्तेलले ४ विकेट लिए । अजय चौधरीले दुई विकेट लिए । रवि बिष्ट, आवाज गौतम र कप्तान सन्दिप जोराले एक एक विकेट लिए । खेलमा ५७ रनको अविजित पारी खेलेका फ्ण्ड्स क्लब डडेल्धुराका आयुषमान बम नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंलाई ८६ रनको फराकिलो अन्तरले हराउँदै सिवाईसी अत्तरियााले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । अत्तरियालाई चार अंक सहित समुह ए को शिर्षस्थानमा पुराउनका लागि विवेक यादवले अर्धशतक सहितको विवेकीय पारी खेले ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेट क्षतिमा एक सय ४२ रन बनायो । सुरुवाती ब्याट्सम्यानहरु सस्तोमा पेलिभियन फर्किदा चौथो विकेटको रुपमा मैदान छिरेका विवेक यादवले अर्धशतकीय पारी खेले । १६ रनमा क्याच आउट छुटेपछि पाएको जीवनदानलाई विवेकीय रुपमा खेल्दै ३५ बलमा ५३ रन बनाए । चार छक्का चार चौका प्रहार गरेका उनी अविजित रहे । ११.१ ओभरमा ६ विकेट क्षतिमा ५६ रनको स्थितिलाई सुधार गर्दै एक सय ४२ रनसम्म पुराए । अत्तरियाका लागि कप्तान सन्तोष कार्कीले २३ रन बनाए । यस्तै सन्दीप क्षेत्रीले १६ रन र शंकर रानाले १४ रन बनाए । क्रिकेट एक्सीलेन्स सेन्टरका लागि युनिष ठकुरी र दिपेन्द्र रावतले दुई दुई विकेट लिए । सुर्य तामाङ, नितेश यादव र विपिन आचार्यले एक एक विकेट लिए ।

एक सय ४३ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंले १२.२ ओभरमा ९ विकेट क्षतिमा ५६ रन मात्रै बनायो । सिईसीका विपिन आचार्य ११.२ ओभरमा १३ बलमा ११ रन बनाएर चोट बोकेपछि रिटायर्ड हट हुँदा सीवाईसी अत्तरिया विजयी भएको हो ।

सिईसीका लागि सोनु अन्सारीले सर्वाधिक १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । पाँच जना खेलाडी शुन्यमा आउट भए । अत्तरियालाई सानदार जित दर्ता गराउने क्रममा कमल गुप्ताले ५ विकेट लिए । उनी प्रतियोगितामा ५ विकेट लिने पहिलो खेलाडी भएका छन् । ३.२ ओभर बलिङ गरेका उनले १० रन खर्चिए । दिपेश कँडेलले २ विकेट हात पार्दा साहव आलम र सुसिल साउँदले एक एक विकेट लिए । खेलमा ५ विकेट लिएका सिवाईसीका कमल गुप्ता नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन् । पहिलो खेलमा न्यु होराईजन बुटबल र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डिसिए धनगढी र बोष्टन क्रिकेट झापा खेल्नेछन् । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]