अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा प्रवेश गरेको हो । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्यु होराईजन बुटवलमाथि ५ विकेटको जित सहित उपाधि नजिक पुगेको हो ।

शनिबार भएको पहिलो सेमिफाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले १६.१ ओभरमा सवै विकेट क्षतिमा ८२ रनमा समेटियो । बुटवलका लागि आरिफ खानले सर्वाधिक २० रन बनाए । टीमका लागि दिपक डुम्रेले १८ रन र निश्चल ज्ञवालीले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन् । बुटवलका तीन खेलाडी शुन्यमा आउट भए । बुटवलको पारी ध्वस्त बनाउने क्रममा कुशल भुर्तेलले सर्वाधिक ५ विकेट लिए । प्रतियोगितामा उनी ५ विकेट लिने तेस्रो खेलाडी भएका छन् । ३.१ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए । बुटवललाई कम रनमा समेट्ने क्रममा अजय चौहानले पनि तीन विकेट लिए । हेमन्त धामी र अशोक धामीको नाममा एक एक विकेट रह्यो ।

८३ रनको सामान्य लक्ष्य बोकेर मैदान उत्र्रिएको फेण्ड्स क्लब डडेल्धुराले १५ ओभरमा ५ विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो । डडेल्धुराका लागि ओपनरको रुपमा मैदान प्रवेश गरेका कुशल भुर्तेलले ४६ रनको पारी खेले । २५ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका प्रहार गरे । पहिलो विकेटका लागि कुशलले अर्का ओपनर आयुष्मान बमसँग ५६ रनको अर्धशतकीय साझेदारी समेत गरे । आयुष्मानले १६ रन बनाए । बुटवलका लागि प्रिन्स पलले सर्वाधिक ३ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । खेलमा ४६ रनको पारी खेल्दै पाँच विकेट लिएका डडेल्धुराका कुशल भुर्तेल नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

प्रतियोगिता अन्तर्गत भोली प्रतियोगिताको दोस्रो सेमिफाईनलका खेल हुनेछ । भोली हुने दोस्रो सेमिफाईनल खेलमा समुह बी को विजेता सिवाईसी अत्तरिया र समुह ए को उपविजेता डिसिए धनगढी फाईनल प्रवेशका लागि खेल्नेछन् । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई आफ्नो टीमबाट खेलाउने भएको हो । प्रतियोगिताको दोस्रो सेमिफाईनलमा भोली डिसिए धनगढीले सिवाईसी अत्तरियासँग खेल्दैछ । भोलीको खेल रोमाञ्चक हुने भएको छ ।

डिसिएबाट दिपेन्द्र सिंह ऐरी, ललीत राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरु रहेका छन् । अत्तरियामा भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान लगायतका खेलाडीहरु रहेका छन् । दुबै टोलीहरुको खेल प्रतिस्पर्धात्मक हुने भएको छ ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]