अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सुख्खडमा रहेको घोडाघोडी–११ ले टीम घोषणा गरेको छ ।

गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) का टीममा आबद्ध रहेका ७ खेलाडी सहित विभिन्न उमेर समुहका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटर समावेश गरेर घोडाघोडीले टीम घोषणा गरेको हो । क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र क्षेत्री मुख्य प्रशिक्षक रहेको १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्टबाट खेलेका शेर मल्ल प्रमुख खेलाडीको रुपमा रहेका छन् । उनले नेपाल ए टीमबाट पनि खेलेका छन् भने उनी नेपालको १९ बर्ष मुनिको राष्ट्रिय टीमका सदस्य पनि रहेका छन् । त्यसैगरी १९ बर्ष मुनिको राष्ट्रिय टीमका सदस्य नरेन साउँद पनि टोलीमा रहेका छन् । सुदुरपश्चिम रोयल्सबाट एनपिएल खेलेका उनले एकै खेलमा ५ विकेट लिएर चर्चा बटुलेका थिए ।

टीममा सुदुरपश्चिम रोयल्सका सदस्य रहेका सबैभन्दा बढी ५ जना खेलाडी समावेश छन् । सुदुरपश्चिम रोयल्सका सदस्य रहेका सुदुरपश्चिमको प्रधानमन्त्री कपको टीमका सदस्य धर्मराज जोशी, १६ बर्षमुनिको सुदुरपश्चिम टीमका सदस्य भुपेश जोशी, सुदुरपश्चिमको प्रधानमन्त्री कपको टीमका सदस्य टेक रावत र सुदुरपश्चिमको प्रधानमन्त्री कपको टीमका सदस्य आयुव चन्द घोडाघोडीको टीममा रहेका छन् ।

यस्तै एनपिएलको चितवन राईनोजको टीमका सदस्य तथा नेपाल ए टीमका सदस्य नरेश सार्की पनि टीममा रहेका छन् । १६ बर्ष मुनिको नेपाली टोलीका खेलाडी अशोक धामी, कर्णालीको प्रधानमन्त्री कपको टीमका सदस्य विपिन विक्रम शाही र दिनेश रावत, सुदुरपश्चिमको प्रधानमन्त्री कपको टीमका सदस्यहरु दिपक टमाटा, योगेश भाट, सौर्य श्रेष्ठ र १९ बर्षमुनिका प्रदेश खेलाडी सुदान्सु रावल घोडाघोडीको टीममा रहेका छन् । टीम म्यानेजरमा धर्मराज जोशी रहेका छन् ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहनेछ । प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन् । प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]