अर्जुन ट्रफीका लागि फाप्लासम्म धनगढी उपमहानगरपालिकाले बस सेवा सञ्चालन गर्ने  

धनगढी, माघ १५

धनगढी उपमहानगरपालिकाले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्ने भएको छ । क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै उपमहानगरपालिकाले बस सेवा सञ्चालन गर्ने भएको हो । अर्जुन ट्रफी हेर्न जाने दर्शकहरुलाई सहजताका लागि सहुलियत दरमा बस सेवा सञ्चालन गर्न लागेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

धनगढीको क्याम्पस रोडदेखि मुख्य सडक भएर एउटा रुटमा र क्याम्पसचोकदेखि नै मुख्य सडक बाहिरी क्षेत्र भएर अर्को रुटमा नगर बसले फाप्लासम्म सेवा दिने छ । २० मिनेटको अन्तरमा नगर बसले सेवा दिने सम्झौता भएको छ । धनगढी उपमहानगरपालिकाद्धारा सञ्चालित नगर बसले अर्जुन ट्रफीको अवधिभर फाप्लासम्म नगर बस सेवा दिने भएको हो । खेल हेर्न जाने दर्शकहरुलाई नगर बसले सहज हुने भएको छ । नगर बसको सेवा पाउने भएपछि खेल हेर्न उत्साहित दर्शकहरु खुशी भएका छन् ।

प्रतियोगिताको खेललाई प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिईएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भईसकेको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिईने भएको छ ।

गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैया टिकट दर तोकिएको छ । प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोट्र्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने छ ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]