प्रधानमन्त्री कपको उपाधी एपीएफलाई

  • विकेटनेपाल, जेठ २८ – सोमबार

राजधानीमा सम्पन्न प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधी विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। उसले फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्यो। स्कोरकार्ड, बल टु बल अपडेट

किर्तिपुर मैदानमा जितको लागि २१० रनको लक्ष्य पछ्याएको एपीएफलाई जित दिलाउन ओपनर अनिलकुमार शाहले ६३ रन र अर्का ओपनर सुबास खकुरेल व्यक्तिगत १२ रनमा घाइते भएपछी मैदान पसेका प्रदीप ऐरीले पनि समान ६३ रन नै प्रहार गर्दै पहिलो विकेटका लागि ११९ रनको साझेदारी गरेका थिए। शाहले ७२ बलमा ४ चौका र ३ छक्का र ऐरीले ९९ बलमा २ चौका र समान छक्का प्रहार गरे।

त्यसपछि एकओभरको अन्तरालमा दुवै ब्याट्सम्यान आउट भएपछी क्रिजमा आएका पृथु बास्कोटा र रोहित कुमार पौडेलले पारि सम्हाल्दै २९ रनको साझेदारी गरेका थिए। पौडेल १५ रन बनाउँदै तेस्रो विकेटको रुपमा आउट हुँदा बिनोद भण्डारीलाई खेलको तेस्रो क्याच दिएका थिए। चौथो विकेटको रुपमा पृथु बास्कोटाले पनि सोमपाल कामिको तेस्रो सिकार बन्दै ३२ रनमा बिनोद भण्डारीलाई नै क्याच दिएका थिए।

अन्त्यमा सुबास खकुरेल ब्याटिंग गर्न आउँदै अविजित १४ रन तथा करण केसीले अविजित १६ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २०९ रनको योगफल तयार पारेको थियो। उसका लागि युवा खेलाडी भिम सार्कीले सेमिफाइनलमा बनाएको ७७ रनलाई निरन्तरता दिँदै ४५ रनको महत्त्वपूर्ण पारि खेलेका थिए। २ चौका र २ छक्का प्रहार गर्न ४८ बलको सामना गरेका सार्कीले पाचौँ विकेटका लागि राजेश पुलामी मगर (२७ रन) सँग मिलेर ६८ रनको साझेदारी गरेका थिए।

त्यसपछि सोमपाल कामी र बिनोद भण्डारीले सातौँ विकेटका लागि ३९ बलमा आक्रामक ६७ रनको साझेदारी गरेका थिए। कामीले ३६ रन बनाउन ३३ बलमा १   चौका र २ छक्का तथा भण्डारीले ३५ रन   बनाउन २५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।

Sompal Kami

एपीएफका लागि उत्कृस्ट बलिंग प्रदर्शन गर्नेक्रममा करण केसीले ३ विकेट लिन १० ओभरमा ३८ रन खर्चे भने भुवन कार्कीले २ विकेट लिन २४ रन खर्चिदा बसन्त रेग्मी समान २ विकेट लिनेक्रममा महंगा साबित हुँदै ६५ रन खर्चे।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy