प्रधानमन्त्री कपको उपाधी एपीएफलाई

Armed Police Force APF Cricket Team
  • विकेटनेपाल, जेठ २८ – सोमबार

राजधानीमा सम्पन्न प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधी विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। उसले फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्यो। स्कोरकार्ड, बल टु बल अपडेट

किर्तिपुर मैदानमा जितको लागि २१० रनको लक्ष्य पछ्याएको एपीएफलाई जित दिलाउन ओपनर अनिलकुमार शाहले ६३ रन र अर्का ओपनर सुबास खकुरेल व्यक्तिगत १२ रनमा घाइते भएपछी मैदान पसेका प्रदीप ऐरीले पनि समान ६३ रन नै प्रहार गर्दै पहिलो विकेटका लागि ११९ रनको साझेदारी गरेका थिए। शाहले ७२ बलमा ४ चौका र ३ छक्का र ऐरीले ९९ बलमा २ चौका र समान छक्का प्रहार गरे।

त्यसपछि एकओभरको अन्तरालमा दुवै ब्याट्सम्यान आउट भएपछी क्रिजमा आएका पृथु बास्कोटा र रोहित कुमार पौडेलले पारि सम्हाल्दै २९ रनको साझेदारी गरेका थिए। पौडेल १५ रन बनाउँदै तेस्रो विकेटको रुपमा आउट हुँदा बिनोद भण्डारीलाई खेलको तेस्रो क्याच दिएका थिए। चौथो विकेटको रुपमा पृथु बास्कोटाले पनि सोमपाल कामिको तेस्रो सिकार बन्दै ३२ रनमा बिनोद भण्डारीलाई नै क्याच दिएका थिए।

अन्त्यमा सुबास खकुरेल ब्याटिंग गर्न आउँदै अविजित १४ रन तथा करण केसीले अविजित १६ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २०९ रनको योगफल तयार पारेको थियो। उसका लागि युवा खेलाडी भिम सार्कीले सेमिफाइनलमा बनाएको ७७ रनलाई निरन्तरता दिँदै ४५ रनको महत्त्वपूर्ण पारि खेलेका थिए। २ चौका र २ छक्का प्रहार गर्न ४८ बलको सामना गरेका सार्कीले पाचौँ विकेटका लागि राजेश पुलामी मगर (२७ रन) सँग मिलेर ६८ रनको साझेदारी गरेका थिए।

त्यसपछि सोमपाल कामी र बिनोद भण्डारीले सातौँ विकेटका लागि ३९ बलमा आक्रामक ६७ रनको साझेदारी गरेका थिए। कामीले ३६ रन बनाउन ३३ बलमा १   चौका र २ छक्का तथा भण्डारीले ३५ रन   बनाउन २५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।

Sompal Kami

एपीएफका लागि उत्कृस्ट बलिंग प्रदर्शन गर्नेक्रममा करण केसीले ३ विकेट लिन १० ओभरमा ३८ रन खर्चे भने भुवन कार्कीले २ विकेट लिन २४ रन खर्चिदा बसन्त रेग्मी समान २ विकेट लिनेक्रममा महंगा साबित हुँदै ६५ रन खर्चे।





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]