प्रम कप : आर्मीको लगातार तेश्रो जित

२०७७ माघ ७, बुधबार १५:०४

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत छैठौं दिन समुह ‘ए’ अन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश-१ लाई ४ विकेटले पराजित गर्दै लगातार तेश्रो जित दर्ता गरेको छ। प्रदेश-१ को यो लगातार तेश्रो हार हो भने आर्मीको तेश्रो जित हो। आर्मीले यस अघि गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई पराजित गरेको थियो।

मुलपानी माथिल्लो मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १३२ रनको लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

आर्मीको लागि रोहित पौडेलले सर्वाधिक ३६ रन, भिम शार्कीले २९ रन तथा राजेश पुलामीले २४ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा आर्मीको सुरुवात खराब रहेको थियो। ओपनर अनिल मण्डल पहिलो बलमै खाता नखोली रन आउट भए। छैठौं ओभरमा लोकेश बमलाई ज्ञानेन्द्र श्रेष्ठले स्टम्प आउट गराए। नवौं ओभरमा कप्तान बिनोद भण्डारीलाई फिर्दोश अन्सारीले स्टमप् आउट गराए। हरि बहादुर चौहानलाई दिपेश कंडेलले १३ औं ओभरमा स्टम्प आउट गराए।

४१/४ को अवस्थाबाट पाँचौ विकेटको लागि रोहित पौडेल र भिम शार्कीले ५० रनको साझेदारी गरे। १९ औं ओभरमा रोहितलाई शुभांकर उरावले स्टम्प आउट गर्दै प्रदेश-१ लाई खेलमा फर्काए। तर त्यसपछि भिमले राजेश पुलामीसंग छैठौं विकेटको लागि ३८ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। भिम ३० औं ओभरमा रन आउट भए।

प्रदेश-१ को बलिंगमा फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कंडेल र शुभांकर उरावले समान १ विकेट लिए।

शाहब आलमले ४ विकेट लिए

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश-१ ले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको थियो।

प्रदेश-१ को ब्याटिंगमा बिबेक मेहताले सर्वाधिक ५० रन बनाए भने फिर्दोश अन्सारीले ३२, दिपक पासवानले १९ तथा दिपेश कंडेलले ११ रन योगदान दिए।

२९ रनमा ३ विकेट गुमाएको अवस्थामा चौथो विकेटको लागि बेबेक र फिर्दोशले ७७ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराएका थिए। तर त्यसपछि आर्मीका स्पिनर श्हब आलम खेलमा हावी हुँदा आर्मीले लगातार विकेट गुमाउन पुग्यो।

१०६/३ को अवस्थाबाट प्रदेश-१ ले थप २५ रन जोड्दा बाँकी ७ विकेट गुमाउन पुग्यो।

आर्मीको बलिंगमा शाहब आलमले सर्वाधिक ४ विकेट लिए भने आकाश चन्दले ३ विकेट लिए। सुशन भारि, भिम शार्की र राजेश पुलामीले समान १ विकेट लिए।

स्कोरकार्डअंकतालिकाखेलतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy