आर्मी सामु कर्णाली कमजोर, सुशन र राजुको उत्कृस्ट फर्म

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा सम्पन्न खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ११७ रनको ठुलो अन्तरले पराजित गरेको छ।

समुह ‘बि’ अन्तर्गत आर्मीको यो लगातार तेश्रो जित हो । यस अघि प्रदेश-१ र प्रदेश-२ लाई पराजित गरेको आर्मीको प्रतियोगिताको सेमीफाइनल पुग्ने सम्भावना बलियो भएको छ। आर्मीले अब अन्तिम खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ। कर्णाली प्रदेशको भने यो लगातार दोश्रो हार हो। हिजो मुलपानी मैदानमा भएको खेलमा कर्णाली नेपाल पुलिस क्लबसंग पराजित भएको थियो। अंकतालिका

मुलपानी मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै आर्मीले दिएको २९१ रनको जवाफमा कर्णाली प्रदेशले ३५.१ ओभरमा १७३ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

कर्णालीलाई लक्ष्यसम्म पुग्न नदिन आर्मीका देब्रे हाते स्पिनर सुशन भारिले ४ विकेट लिए। ९ ओभरमा भारिले ३६ रन खर्चिए।

यस्तै करन केसी ( ५-२-१५-२ ) र शाहब आलमले ( ३.१-१-८-२ ) ले २/२ विकेट लिए भने हरि बहादुर चौहानले १ विकेट ( ४-१-१८-१ ) लिए।

उत्कृस्ट लयमा रहेका सुशनले यस अघि प्रदेश-२ र प्रदेश-१ संगको खेलमा पनि ३/३ विकेट लिएका थिए। प्रदेश-१ संग उनले ह्याट्रिक लिएका थिए। उनि भर्खरै सम्पन्न आठौँ राष्ट्रियमा पनि उत्कृस्ट बलर समेत चुनिएका थिए।

Sushan Bhari
Sushan Bhari ( File Phhoto )

कर्णालीको ब्याटिंगमा ओपनर सुशान्त थापाले सर्वाधिक ३१, ललित प्याकुरेलले अविजित २८, युनिश बिक्रम सिंहले २० तथा दिवान पुनले २६ रन बनाए।

९ विकेट १२० रनमै गुमाईसकेको कर्णालीको लागि दशौं विकेटको रुपमा ललित प्याकुरेल र युनिश बिक्रम सिंहले ५३ रनको साझेदारी गरेका थिए।

आर्मीको ब्याटिंग : ३ जनाको अर्धशतक 

यस अघि  टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २९० रनको योगफल तयार गरेको थियो।

आर्मीको लागि फर्ममा रहेका ब्याट्सम्यान राजु रिजालले सर्वाधिक ६६ ( ७८ बलमा १० चौका ) , रोहित पौडेलले ५६ ( ५१ बलमा ४ चौका ) र हरिकृष्ण झाले ५२ ( १०० बलमा ४ चौका ) प्रहार गरे।

Raju Rijal
Raju Rijal ( File Photo ) 

उत्कृस्ट सुरुवात गरेको आर्मीको लागि राजु र हरिकृष्णले पहिलो विकेटको लागि १३२ रनको साझेदारी गरेका थिए। मध्यक्रममा हरिबहादुर चौहान ११, राजेश पुलामी २, बिनोद भण्डारी ५ तथा कुशल मल्ल २ रन बनाएर आउट भए। रोहित पौडेल र करन केसीले छैठौं विकेटको लागि ६७ रनको तथा अन्तिम विकेटको लागि लोकेन्द्र चन्द र शाहब आलमले ३२ रनको साझेदारी गरे। रोहितले ५६, करनले २८ तथा चन्द र आलमले समान १६ रन बनाए।

कर्णाली प्रदेशको लागि ललित प्याकुरेलले सर्वाधिक ५ विकेट ( ९-०-६३-५ ) तथा रबिन्द्र शाहीले २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आजै टियु मैदानमा सम्पन्न खेलमा प्रदेश-३ ले गण्डकी प्रदेशलाई पराजित गर्यो।

 

 

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]