मेयर्स कप क्रिकेट : आर्मी विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै एपीएफ

काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुँदैछ। एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ।

दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन्। प्रधानमन्त्री कपमा नखेलेका सोमपाल कामी, करण केसी र कुशल मल्ल मेयर्स कपका लागि टिममा फर्केका छन् । प्रधानमन्त्री कप हुँदा उनी टी१० लिग खेल्ने युएई गएका थिए ।

काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा गत महिना सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल पुग्न सफल ४ वटा टोलिहरु त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश तथा काठमाडौँ मेयर-११ टिम गरि ५ वटा टोलिको सहभागिता रहेको छ।

 

त्रिभुवन आर्मी को पहिलो रोजाईँ : विनोद भण्डारी (कप्तान), विक्रम सोब, भिम शार्की, सोमपाल कामी, करण केसी, राजेश पुलामी, रोहित कुमार पौडेल, सुशन भारी, शाहाब आलम, लोकेश बम, कुशल मल्ल

 

एपीएफको पहिलो रोजाईँ  :  शरद भेषावकर (कप्तान), बसन्त रेग्मी, शंकर राना, सन्दिप जोरा, कमल सिंह ऐरी, सुमित महर्जन, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सुबास खकुरेल, अभिनाश बोहरा

 

यो पनि पढ्नुस्

काठमाडौँ मेयर कपमा सन्दिपले मेयर-११ टिमको कप्तानी गर्ने, कहिले छ खेल

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy