आर्मीसंग प्रदेश-१ को कमजोर ब्याटिंग, १३१ मै सिमित

२०७७ माघ ७, बुधबार ११:५८

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत छैठौं दिन समुह ‘बि’ अन्तर्गतको मुलपानी मैदानमा जारी खेलमा  प्रदेश-१ र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको प्रदेश-१ ले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३१ रन बनाउदै आर्मीलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रदेश-१ को ब्याटिंगमा बिबेक मेहताले सर्वाधिक ५० रन बनाए भने फिर्दोश अन्सारीले ३२, दिपक पासवानले १९ तथा दिपेश कंडेलले ११ रन योगदान दिए।

२९ रनमा ३ विकेट गुमाएको अवस्थामा चौथो विकेटको लागि बेबेक र फिर्दोशले ७७ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराएका थिए। तर त्यसपछि आर्मीका स्पिनर श्हब आलम खेलमा हावी हुँदा आर्मीले लगातार विकेट गुमाउन पुग्यो।

१०६/३ को अवस्थाबाट प्रदेश-१ ले थप २५ रन जोड्दा बाँकी ७ विकेट गुमाउन पुग्यो।

आर्मीको बलिंगमा शाहब आलमले सर्वाधिक ४ विकेट लिए भने आकाश चन्दले ३ विकेट लिए। सुशन भारि, भिम शार्की र राजेश पुलामीले समान १ विकेट लिए।

स्कोरकार्ड , अंकतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy