हरि चौहान र रोहित पौडेल चम्किदा आर्मी एमएम कपको फाइनलमा

Hari Chauhan

( फिचर फोटो – हरि बहादुर चौहान , फाइल )

  • विकेटनेपाल, माघ-४ , शुक्रबार 

प्रदेश नम्बर-१ लाई ६ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब मनमोहन कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमीफाइनल खेलमा प्रदेश-७ लाई पराजित गर्दै हिजो नेपाल पुलिस क्लब फाइनल प्रवेश गरिसकेको छ।

शनिवार खेलिने फाइनल खेलमा २ विभागीय टोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।

सुनसरीको इनरुवामा जारि प्रतियोगिताको दोश्रो सेमीफाइनलमा टस हारेर पहिले ब्याटिंग गरेको प्रदेश-१ ले २५.४ ओभरमा १०९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। रबि रोयले २२ , पुष्प थापाले १९, मुकुन्द यादबले १७ र श्रवण यादबले १२ र मिनास थापाले समान १२ रन योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बाउन सकेनन्।

प्रदेश-१ लाई सस्तोमा समेट्न आर्मीका मिडियम पेसर हरि बहादुर चौहानले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ५ ओभरमा मात्र ९ रन खर्चिए। यस्तै बिक्रम सोब, शाहब आलम, कुशल मल्ल, जितेन्द्र मुखिया र रोहित पौडेलले १/१ विकेट लिए।

Rohit Paudel ( Photo - InaruwaOnline )
Rohit Paudel ( Photo – InaruwaOnline )

११० रनको लक्ष्य आर्मीले १९.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा आर्मीले २५ रनमा ४ विकेट गुमाईसकेको थियो। खराब सुरुवात पछि आर्मीलाई जितसम्म लैजान रोहित पौडेल र राजेश पुलामीले महत्वपूर्ण साझेदारी गरे।

रोहितले आक्रामक ब्याटिंग गर्ने क्रममा अविजित ५८ रन बनाए जुन क्रममा ४४ बलमा ३ छक्का र ७ चौका प्रहार गरे।  राजेशले अविजित २३ रन बनाए।  प्रदेश-१ बलर मनोज मण्डलले २ तथा पुष्प थापाले १ विकेट लिए।

प्रतियोगितामा ३/३ खेल खेल्ने क्रममा आर्मी र पुलिस क्लबले पराजय बेहोरेको छैन।

प्रतियोगिताको विजेता टिमले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख १ हजार रुपैयाँ पाउनेछ। सेमीफाइनलमा यात्रा टुंग्याएका प्रदेश-१ र प्रदेश-७ ले प्रोत्साहन रकम स्वरुप रु. २५ हजार प्राप्त गरेका छन्।

 





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]