सन्नेटसँग रास्ट्रीय खेलाडीको बाहुल्यता रहेको आर्मी पराजित, एपीएफ बिजयी

Naresh Budhayer

फिचर फोटो: फाइल (नरेश बुढाऐर)

  • विकेटनेपाल, बैशाख ११ – मंगलबार

दिपक गुप्ता मेमोरियल टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न दुई खेलमा सन्नेट क्रिकेट क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) ले जित हात पारेका छन् । सन्नेटले त्रिभुवन आर्मी क्लबलाई ४ रनले तथा एपीएफले बिराट क्रिकेट सोसाईटीलाई ६ विकेटले पराजित गरेका हुन् ।

रोमान्चक खेलमा आर्मी पराजित (स्कोरकार्ड)

टस जितेर पहिले ब्याटिंग गरेको सन्नेट क्रिकेट क्लबले १५ ओभरमा झारिएको खेलमा ७ विकेट गुमाएर १०३ रनको योगफल बनाएको थियो । उसका लागि २९/४ को अवस्थाबाट म्यान अफ द म्याच समेत चुनिएका शिवम दीक्षितले ४३ रन बनाउन २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै चौथो विकेटको लागि ऋषब राईसँग पाँचौ विकेटको लागि ६४ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीमा ऋषबले २४ रन (३३ बल, २ चौका) बनाए भने टिमले अतिरिक्त २२ रन पनि पाएको थियो ।

रास्ट्रीय खेलाडीहरुले भरिएको आर्मीको बलिंगतर्फ सोमपाल कामी, जितेन्द्र मुखिया, बिक्रम सोभ, सुशन भारी र सागर पुनले समान १/१ विकेट लिएका थिए ।

sagar pun
sagar pun

जवाफमा रास्ट्रीय खेलाडीको बाहुल्यता रहेको आर्मीले पुरै १५ ओभर खेल्दै ७ विकेट गुमाएर ९९ रनमात्र बनाउन सक्यो । उसका लागि सागर पुनले २३ रन (१३ बल, ३ चौका, १ छक्का) र नरेश बुढाऐरले ३० रन (३१ बल, १ चौका, २ छक्का) बनाउंदै राम्रो सुरुवात दिएका थिए । त्यसपछि राजु रिजाल ०, राहुल कुमार १०, राजेश पुलामी १०, बिनोद भण्डारी ३, सोमपाल कामि ४ र बिक्रम सोभले ६ बलमा अविजित १६ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

बलिंगतर्फ सन्नेटका शिवम दीक्षितले ३ ओभरमा ९ रन खर्चेर २ विकेट तथा आदेश कुमारले पनि ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए । अनमोल पाण्डे र फैज़ महमदले १/१ विकेट लिएका थिए ।

सन्दिप जोराको अर्धशतकमा एपीएफको जित (स्कोरकार्ड)

टस जितेर पहिले ब्याटिंग गरेको बिराट क्रिकेट सोसाईटीले २० ओभरमा ९ विकेट गुमाएर ११७ रन बनाएको थियो । उसका लागि मिनस थापाले २९ रन (३१ बल, ४ चौका) र दिपेन्द्र चौधरीले २३ रन (२७ बल, १ चौका, २ छक्का) हानेका थिए भने अतिरिक्त २० रन पाएका थिए ।

बलिंगतर्फ रास्ट्रीय खेलाडीहरु रहेको एपीएफको लागि भुवन कार्कीले १२ रन खर्चेर तथा इर्शाद अहमदले १८ रन खर्चेर समान ३/३ विकेट लिएका थिए भने पवन सर्राफले २ विकेट लिएका थिए ।

Sandeep Jora
Sandeep Jora

जवाफमा लक्ष्य पछ्याएको एपीएफले म्यान अफ द म्याच समेत रहेका सन्दिप जोराको अविजित ५६ रनमा २ ओभर अगावै ४ विकेट गुमाएर पुरा गरेको थियो । ४४ बल सामना गरेका सन्दीपले २ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै अनिल शाहले २१ रन, प्रनित थापा मगरले अविजित १७ रन बनाएका थिए । बलिंगमा बिराटका दिपेश कंडेलले २७ रन खर्चेर ३ विकेट लिए भने अर्सलन अख्तरले १ विकेट लिए ।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]