आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको हो ।

उपाधि जितेको मधेसले आकर्षक ट्रफीसहित पाँचलाख नगद पाएको छ । उपविजेता बनेको त्रिभुवन आर्मीले ट्रफीसहित दुई लाख पचास हजारमा चित्त बुझाएको छ ।

मधेसले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन मात्र बनाउन सक्यो । सोमपाल कामी १६ र विवेक यादवले अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सक्नु भएन ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रनको योगदान गर्नुभयो । बलिङतर्फ मधेसका कप्तान हरिशंकर साहले सर्वाधिक ४ विकेट लिनुभयो । ४ ओभर बलिङ गर्दै १९ रन खर्चेर ४ विकेट लिनुभएका फाइनल खेलका म्यान अफ द प्लेयर बन्नुभयो । मधेशका कप्तान साह प्रतियोगिताका म्यान अफ द टुर्नामेन्टसमेत बन्दै नगद ३० हजार पाउनुभयो ।

प्रदीप पासवानले २ र प्रतीक यादवले १ विकेट झार्नुभयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर साहले २७, अनिल साह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाउनु भयो ।

बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले समान ३, सोमपाल कामी र बसिर अहमदले १ विकेट लिनुभयो । प्रतियोगिताभर १० विकेट लिनुभएका बागमतीका खेलाडी सन्दीप लामिछाने वेस्ट बलर बन्नुभयो भने बागमतीकै रीत गौतम वेस्ट ब्याट्सम्यान बन्नुभयो । गौतमले प्रतियोगिताभर १ सय ७० रन बनाउनुभएको छ । वेस्ट ब्याटर र बलरले जनही २० हजार पाउनुभएको छ ।

प्रतियोगिताको सात प्रदेशका सात, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, एपीएफ र कोशी आयोजन मदन भण्डारी स्पोर्टस एकेडेमीका दुईगरी १२ टिम सहभागी रहेका थिए ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]