पुलिसलाई हराउदै आर्मी बन्यो एमएम कप च्याम्पियन, दिलिप नाथ उत्कृस्ट घोषित

Tribhuwan Army Club
  • विकेटनेपाल, माघ-५ , शनिवार 

नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शान्तिदीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना सम्पन्न प्रतियोगिताको उपाधि सहित आर्मी क्लबले ४ लाख १ हजार रुपैयाँ हात पार्यो भने उपविजता पुलिसले २ लाख १ हजार रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी पुलिसका विकेटकिपर ब्याट्सम्यान दिलिप नाथ घोषित भए जसले ५१ हजार रुपैयाँ प्राप्त गरे। उत्कृस्ट ब्याट्सम्यान आर्मीका भिम शार्की तथा उत्कृस्ट बलर पुलिसका सागर ढकाल घोषित भए। दुवैले २०/२० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदयमान खेलाडी स्थानीय टिम शान्तिदिपका सरोज बस्नेत घोषित भए जसले १० हजार रुपैयाँ प्राप्त गरे।

सेमीफाइनल खेलमा पुलिसले प्रदेश-७ लाई तथा आर्मीले प्रदेश-१ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

पुलिसको कमजोर ब्याटिंग 

सुनसरीको इनरुवामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा टस जितेर ब्याटिंग गर्दै त्रिभुवन आर्मी क्लबले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रनको योगफल तयार गरेको थियो। २५० रनको लक्ष्य पछ्याउने क्रममा पुलिस क्लबले ४२.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १६६ रन मात्रै बनाउन सक्यो।

२५० रनको लक्ष्य पछ्याउने क्रममा पुलिसलाई रोक्न देब्रे हाते स्पिनर शाहब आलम र कुशल मल्लले ३/३ विकेट लिए। आलमले १० ओभरमा २ मेडन ओभर गर्दा २३ रन खर्चिए भने मल्लले ६.५ ओभरमा ३३ रन खर्चिए। यस्तै सुशन भारिले २ ( १०-३-४०-२ ) तथा बिक्रम सोब ( ४-०-१८-१ ) र हरि बहादुर चौहान ( ६-१-१८- ) ले /१ विकेट लिए।

कमजोर सुरुवात गरेको पुलिसले पहिलो ६ विकेट ५४ रनको योगफलमा १८ ओभरमा गुमाईसकेको थियो। ओपनर अमित श्रेष्ठ २५ रन तथा सुनिल धमला ४ रन बनाएर आउट भए जसपछि सेमीफाइनलमा शतक बनएका दिलिप नाथ खाता नखोली आउट हुन पुगे। प्रेम तामांग १४ , कुशल भुर्तेल ३ तथा कप्तान मन्जित श्रेष्ठ खाता नखोली आउट भए।

सातौँ विकेटको लागि योगेन्द्र सिंह कार्की र हिमांशु दत्ताले ६८ रनको साझेदारी गर्दै पुलिसको आशा अर्धशतक पुरा गरेपछि कार्की आउट हुन पुगे। कार्कीले ५१ रन बनाउन ५९ बलमा ७ चौका र १ छक्का प्रहार गरे। हिमंसु पनि २९ रन ( ६ बलमा २ चौका र १ छक्का ) बनाएर आउट भए। तल्लो क्रममा दिपेश श्रेष्ठले १७ तथा सागर ढकालले अविजित १४ रन बनाए पनि पुलिस जित नजिक पुग्न सकेन।

राजेश पुलामी र कुशल मल्लको उत्कृस्ट ब्याटिंग 

टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा आर्मीको सुरुवात राम्रो हुन सकेन। ओपनर अनिल मण्डल ४ रन र बिनोद भण्डारी २६ रन बनाएर आउट भए भने राजु रिजाल १२ र भिम शार्की १५ रन बनाएर आउट हुँदा टिमको योगफल २०.१ ओभरमा ९२/४ पुगेको थियो।

पाँचौ विकेटको लागि त्यसपछि राजेश पुलामी र रोहित पौडेलले ३५ रनको साझेदारी गरे पछि रोहित १४ रन बनाएर आउट भए। त्यसपछि हरि चौहान पनि ९ रन बनाएर आउट हुँदा १५०/६ ( ३७.४ ओभर ) पुगेको आर्मीको योगफललाई सातौँ विकेटको लागि पुलामी र कुशल मल्लको साझेदारीले उकास्यो।

पुलामी र मल्लले ६३ रनको साझेदारी गरेपछि पुलामी धैर्यतापूर्ण ६९ रनको इनिंग खेलेर आउट भए। १२८ बलमा पुलामीले ५ चौका प्रहार गरे। पुलामीको विकेटपछि कुशल मल्ल अर्धशतक बनाउन १ रनले चुक्दै आउट भए। ४९ रन बनाउन मल्लले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

बिक्रम सोबले अविजित २० तथा सुशन भारिले अविजित ७ रन बनाए पछि आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रनको योगफल तयार गरेको थियो। पुलिस बलरले २४ रन अतिरिक्तको रुपमा खर्चिए।

पुलिसको लागि तिब्र गति बलर दिपेश श्रेष्ठले सर्वाधिक ३ विकेट लिए पनि १० ओभरमा ६७ रन खर्चिए ,यस्तै राम नरेश गिरिले २ विकेट ( १०-१-६१-२ ) विकेट लिंदा सुनिल धमला ( १०-१-२७-१ ) , योगेन्द्र कार्की ( ८-०-४३-१ ) र मन्जित श्रेष्ठ ( ५-०-२२-१ ) ले समान १/१ विकेट लिए।

अल-राउण्ड प्रदर्शन गरेका कुशल मल्ल फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए।

Dilip Nath ( Player of the series, Police )
Bhim Sharki ( Best Batsman, Army )
Sagar Dhakal ( Best Bowler, Police )

( समाचार र फोटो श्रोत – रोशन मण्डल  )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]