सहज जित सहित आर्मी प्रधानमन्त्री कपको फाइनलमा

एकतर्फी खेलमा पारस खड्का कप्तानीको प्रदेश-३ लाई ११७ रनको ठुलो अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

समुह चरणमा समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल पुगेको प्रदेश-३ र समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको आर्मी बीचको खेल रोमान्चक हुन सक्ने अनुमान गरिएता पनि खेल अनुमान विपरित हुन पुग्यो।

टियु मैदानमा टस हारेर ब्याटिंग गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर ३०९ रन बनाएको थियो। ३१० रनको लक्ष्य पछ्याउने क्रममा कुनै पनि समय प्रदेश-३ लक्ष्यतर्फ अघि बढेको देखिएन। ५० ओभर पुरै ब्याटिंग गरे पनि प्रदेश-३ ले ९ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा प्रदेश-३ का तेश्रो नम्बर ब्याट्सम्यान इशान पाण्डेले सर्वाधिक ७९ रन बनाए। ११७ बलमा उनले ३ चौका र ४ छक्का प्रहार गरे।

Ishan Pandey ( File Photo )

पारस खड्का र ज्ञानेन्द्र मल्ल क्रमश १९ र २६ रन बनाएर आउट भएपछि प्रदेश-३ ले निकै सुस्त ब्याटिंग गार्यो। पारसलाई शाहब आलमले क्याच आउट गराए जुन क्रममा हरि बहादुर चौहानले बाउन्ड्रीमा उत्कृस्ट क्याच समाते। ज्ञानेन्द्र मल्ललाई सुशन भारिले क्याच आउट गरे।

१३० रनमा ८ विकेट गुमाईसकेको अवस्थामा इशान पाण्डे र नन्दन यादबले नवौं विकेटको लागि ५६ रनको साझेदारी गर्दै हारको अन्तर कम गरेका थिए। नन्दनले अविजित १८ रन बनाए।

आर्मीको लागि देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधिक ३ विकेट ( १०-१-२८-३ ) लिए भने करन केसीले २ ( ८-०-४०-२ ) तथा सुशन भारि, रोहित पौडेल र कुशल मल्लले १/१ विकेट लिए। ( स्कोरकार्ड )

Shahab Alam ( File Photo ) 

 बिनोद भण्डारीको आक्रामक इनिंग 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा आर्मीको लागि कप्तान बिनोद भण्डारीले आक्रामक इनिंग खेल्दै ४२ बलमा अविजित ७५ रन बनएका थिए। प्लेयर अफ द म्याच चुनिएका उनले ५ चौका र ५ छक्का हिर्काए।

यस्तै राजु रिजालले ५१, रोहित पौडेलले ४३, हरि बहादुर चौहानले ३८, कुशल मल्लले अविजित २६ तथा करन केसीले २१ रन बनाए।

Binod Bhandari
Binod Bhandari ( File Photo )

प्रदेश-३ को बलिङ्गमा जितेन्द्र सिंह ठकुरी ( १०-०-४७-२ ) र नन्दन यादब ( १०-१-४१-२ ) ले २/२ विकेट तथा कप्तान पारस खड्का ( १०-०-५३-१ ) र सोनु देबकोटा ( १०-०-७०-१ ) ले १/१ विकेट लिए। निकै महँगो सावित हुने क्रममा देब्रे हाते स्पिनर सुर्य तामांग विकेट विहिन रहँदै १० ओभरमा ९१ रन खर्चिए।

प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनलमा भोलि एपीएफ र नेपाल पुलिसले प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल शनिवार खेलिनेछ।

गत वर्ष प्रधानमन्त्री कपमा आर्मीले फाइनलमा एपीएफसंग हार बेहोरेको थियो।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]