आर्मी र रुपन्देही कर्णाली प्रिमियर लिगको फाइनलमा

  • विकेटनेपाल, ११ – जेठ , सुर्खेत  

सुर्खेतको रंगशाला मैदानमा जारि कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र रुपन्देही-११ ले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार सम्पन्न सेमीफाइनल खेलमा रुपन्देहीले मध्य-पश्चिम क्रिकेट क्लबलाई तथा त्रिभुवन आर्मीले धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। फाइनल खेल शनिबार ९:३० बजे सुरु हुनेछ ।

पहिलो सेमीफाइनल ( स्कोरकार्ड

पहिलो सेमीफाइनलमा रुपन्देही ११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिंग गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनको योगफल तयार गरेको थियो। रुपन्देहीको लागि  सन्दिप सुनारले सर्वाधिक ५० रन बनाए जुन क्रममा ३० बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै बशिर अहमदले ४६ रन बनाउन विस्फोटक ब्याटिंग गर्दै मात्र १४ बलमा ५ छक्का र प्रहार गरे। यस्तै शंकर रानाले ३५ रन तथा निश्चल चौधरीले २२ रन  बनाए।

बशिर अहमद

१७३ रनको लक्ष्य पछ्याउने क्रममा मध्य-पश्चिमले १९.५ ओभरमा १४६ रन मात्रै बनाउन सक्यो। कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ४६ रन, प्रनित थापाले २० रन तथा सिद्धान्त शाहीले १९ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन। रुपन्देहीको लागि सन्दिप सुनार र बिकाश श्रेष्ठले समान ३/३ विकेट तथा बिक्र भुसालले २ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच सन्दिप सुनार घोषित भए।

दोश्रो सेमीफाइनल ( स्कोरकार्ड

आजै सम्पन्न दोश्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्यो।

टस जितेर ब्याटिंग गर्दै धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो। उसको लागि कप्तान भुवन कार्कीले अविजित ४४ रन बनाउन ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै संजु दमाईले २३ रन, दिपेन्द्र थापाले २१ तथा रोमन बमले १६ रन योगदान दिए। त्रिभुवन आर्मी क्लबका चन्द्र साउद र सगर पुनले समान २/२ विकेट लिए।

१३२ रनको लक्ष्य त्रिभुवन आर्मीले १६.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। उसको लागि खेलको प्लेयर अफ द म्याच समेत चुनिएका नरेश बुढायरले अविजित ६३ रन बनाए जुन क्रममा ३८ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै राजु रिजालले २८ रन बनाए भने  सागर पुनले १४ रन तथा अनिल मण्डलले १३ रन बनाए।

 





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]