आर्मीलाई कर्णाली प्रिमियर लिगको उपाधि

  • विकेटनेपाल, १२ जेठ  – सुर्खेत 

सुर्खेतको रंगशाला मैदानमा सम्पन्न रुस्लान कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। फाइनल खेलमा रुपन्देही-११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो। उपाधि सहित आर्मीले ३ लाख रुपैयाँ तथा उपविजेता रुपन्देही-११ ले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी रुपन्देही-११ का सन्दिप सुनार घोषित भए जसले रु.  २५ हजार प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान आर्मीका सागर पुन तथा उत्कृस्ट बलर रुपन्देहीका कृष्ण कार्की घोषित भए, दुवैले  १० हजार रुपैयाँ प्राप्त गरे।

Tribhuwan Army Club
Tribhuwan Army Club

फाइनलमा टस हारेर ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रनको योगफल तयार गरेको थियो।

आर्मीको लागि ओपनर सागर पुनले सर्वाधिक ३८ रन योगदान दिए जुन क्रममा ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै बिनोद भण्डारीले २८ रन तथा राजेश पुलामीले २२ रन बनाए। रुपन्देहीका बलर बिकाश श्रेष्ठले सर्वाधिक ३ विकेट हात पारे जुन क्रममा ४ ओभरमा २१ रन खर्चिए। यस्तै बसिर अहमद, बिक्रम भुसाल र सन्दिप सुनारले समान १/१ विकेट आफ्नो नाम गरे।

दोश्रो इनिंगमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले १७.५ ओभरमा ९५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। आर्मीका बलर बिक्रम सोबले सर्वाधिक ३ विकेट तथा हरि कृष्ण झा र सुशन भारिले समान २/२ विकेट हात पारे। रुपन्देहीको लागि निश्चल चौधरीले सर्वाधिक २६ रन, सन्दिप सुनारले २४ रन, शक्ति गौचनले १७ रन तथा सौरभ खनालले १६ रन योगदान दिए।

फाइनल खेलको प्लेयर अफ द म्याच बिक्रम सोब चुनिए। जेठ ३ गते देखि सुरु भएको प्रतियोतामा १० क्लब टिमहरुको सहभागिता रहेको थियो।

 

 

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]