एपीएफलाई ३ विकेटले हराउदै आर्मीलाई उपाधि

२०७८ मंसिर १२, आईतवार ०७:४३

शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई ३ विकेटले पराजित गर्दै नेपाल आर्मी क्लबले बारा जिल्लामा आयोजित हरपुर क्रिकेट च्याम्पियन ट्रफीको उपाधि जितेको छ।

फाइनल खेलमा एपीएफले दिएको ७१ रनको लक्ष्य आर्मीले १९.२ ओभरमा ७ विकेट गुमाएर भेटायो। आर्मीको ब्याटिंगमा रोहित पौडेलले सर्वाधिक २३ रन बनाए जुन क्रममा ३७ बलमा १ चौका र १ छक्का प्रहार गरे। ओपनिंग गरेका सोमपाल कामिले ११ रन , भिम शार्कीले १० रन, बिनोद भण्डारीले ८ रन योगदान दिए।

एपीएफका बलर अमार सिंह रौटेलाले २ विकेट ( ३-०-११-२ ) तथा भुवन कार्की, दिपक बोहरा, बिपिन खत्री र सुमित महर्जनले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको एपीएफ १७.२ ओभरमा ७० रनमै समेटिएको थियो। उसको लागि पुरन बिकले सर्वाधिक २४ रन बनाए जुन क्रममा १६ बलमा १ चौका र २ छक्का प्रहार गरे। भुवन कार्कीले अविजित १६ रन, प्रज्वल शाहीले ७ रन बनाए। एपीएफले सुरुवाती ५ विकेट २४ रनमै गुमाएको थियो।

आर्मीका बलर बिक्रम सोब ( ४-१-७-२ ) , शाहब आलम ( ३-०-१०-२ ) , कुशल मल्ल ( २-०-१०-२ ) ले समान व विकेट तथा सोमपाल कामि ( ४-१-११-१ ) , सुशन भारि ( ४-०-२६-१ ) र अभिम शार्की ( ०.२-०-१-१ ) ले सामना एक विकेट लिए।

उपाधि सहित आर्मीले एक लाख रुपैयाँ तथा उपविजेता एपीएफले ५० हजार रुपैया प्राप्त गर्यो। प्रतियोगिताकै उत्कृस्ट खेलाडी आर्मीका देब्रे हाते स्पिनर शाहब आलम चुनिए। यस्तै उत्कृस्ट ब्याट्सम्यान प्रदेश-२ का विशाल सुश्लिंग र उत्कृस्ट बलर लुम्बिनी प्रदेशका दिपेन्द्र राउत चुनिए।

प्रतियोगिता तिन विभागीय टोलि, ४ वटा प्रदेशको टोलि र एउटा आयोजक टिम गरि ८ टोलि सहभागी थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy