एपीएफलाई ३ विकेटले हराउदै आर्मीलाई उपाधि

शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई ३ विकेटले पराजित गर्दै नेपाल आर्मी क्लबले बारा जिल्लामा आयोजित हरपुर क्रिकेट च्याम्पियन ट्रफीको उपाधि जितेको छ।

फाइनल खेलमा एपीएफले दिएको ७१ रनको लक्ष्य आर्मीले १९.२ ओभरमा ७ विकेट गुमाएर भेटायो। आर्मीको ब्याटिंगमा रोहित पौडेलले सर्वाधिक २३ रन बनाए जुन क्रममा ३७ बलमा १ चौका र १ छक्का प्रहार गरे। ओपनिंग गरेका सोमपाल कामिले ११ रन , भिम शार्कीले १० रन, बिनोद भण्डारीले ८ रन योगदान दिए।

एपीएफका बलर अमार सिंह रौटेलाले २ विकेट ( ३-०-११-२ ) तथा भुवन कार्की, दिपक बोहरा, बिपिन खत्री र सुमित महर्जनले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको एपीएफ १७.२ ओभरमा ७० रनमै समेटिएको थियो। उसको लागि पुरन बिकले सर्वाधिक २४ रन बनाए जुन क्रममा १६ बलमा १ चौका र २ छक्का प्रहार गरे। भुवन कार्कीले अविजित १६ रन, प्रज्वल शाहीले ७ रन बनाए। एपीएफले सुरुवाती ५ विकेट २४ रनमै गुमाएको थियो।

आर्मीका बलर बिक्रम सोब ( ४-१-७-२ ) , शाहब आलम ( ३-०-१०-२ ) , कुशल मल्ल ( २-०-१०-२ ) ले समान व विकेट तथा सोमपाल कामि ( ४-१-११-१ ) , सुशन भारि ( ४-०-२६-१ ) र अभिम शार्की ( ०.२-०-१-१ ) ले सामना एक विकेट लिए।

उपाधि सहित आर्मीले एक लाख रुपैयाँ तथा उपविजेता एपीएफले ५० हजार रुपैया प्राप्त गर्यो। प्रतियोगिताकै उत्कृस्ट खेलाडी आर्मीका देब्रे हाते स्पिनर शाहब आलम चुनिए। यस्तै उत्कृस्ट ब्याट्सम्यान प्रदेश-२ का विशाल सुश्लिंग र उत्कृस्ट बलर लुम्बिनी प्रदेशका दिपेन्द्र राउत चुनिए।

प्रतियोगिता तिन विभागीय टोलि, ४ वटा प्रदेशको टोलि र एउटा आयोजक टिम गरि ८ टोलि सहभागी थिए।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]