राजु रिजालको लय कायमै, कर्णाली बिरुद्ध आर्मीको ठुलो योगफल

सन् २०१६ पछि नेपाली राष्ट्रिय टिममा कम्ब्याक गर्न नसकेका राजु रिजालको ब्याट जारि प्रधानमन्त्री कपमा लामो समय पछि बोल्न थालेको छ। प्रतियोगिता अन्तर्गत प्रदेश-२ संगको पहिलो खेलमा ९० रन बनाएका रिजालले दोश्रो खेलमा प्रदेश१ संग ६ रन बनाए भने तेश्रो खेलमा पुनः लय कायम राख्ने क्रममा ६६ रनको इनिंग खेलेका छन्। राष्ट्रिय टिममा राम्रो ओपनर र विकेटकिपरको समेत खोजि भइरहेको परिस्थिति र नेपालले खेल्न गइरहेको विश्व कप लिग-२ मा रिजालले आफ्नो दावेदारी प्रस्तुत गरेका छन्।

मुलपानी मैदानमा जारि कर्णाली प्रदेशसंगको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९० रनको योगफल तयार गरेको छ।

आर्मीको लागि ओपनिंग ब्याटिंग गरेका राजु रिजालले सर्वाधिक ६६ रन तथा हरिकृष्ण झाले ५२ रन बनाए। रिजालले ७८ बलमा १० चौका तथा झाले १०० बलमा ४ चौका प्रहार गरे । पहिलो विकेटको लागि दुवैले २८.३ ओभरमा १३२ रनको साझेदारी गरे।

रोहित पौडेलले अर्धशतक बनाए

पहिलो विकेट गुमेपछि आर्मीले लगातार विकेट गुमाउन पुग्यो। हरि चौहान ११, राजेश पुलामी २, बिनोद भण्डारी ५ रन बनाएर आउट भए।

१३२/१ बाट १६९/५ पुगेको आर्मीको योगफललाई चौथो नम्बरमा ब्याटिंग गरेका रोहित पौडेल र सातौँ नम्बरमा ब्याटिंग गरेका करन केसीले अघि बढाए । दुवैले साझेदारीको रुपमा ६७ रन बनाए ।

करन २८ रन तथा रोहित ५६ रन बनाएर आउट भए। रोहितले ५१ बलमा ४ चौका तथा करनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

रोहित र करनको विकेटपछि अन्तिम विकेटको रुपमा लोकेन्द्र चन्द र शाहब आलमले ३२ रनको साझेदारी गरे। चन्द्र र आलमले अवीज्त १६ रन बनाए जुन क्रममा दुवैले समान २ चौका र १ छक्का प्रहार गरे।

कर्णालीले ३६ रन अतिरिक्त रनको रुपमा खर्चियो।

कर्णालीको लागि बलिंगमा ललित प्याकुरेलले सर्वाधिक ५ विकेट ( ९-०-६३-५ ) लिए। रबिन्द्र जंग शाहीले २ ( १०-०-६२-२ ) र प्रकाश जैसी ( १०-१-४९-१ ) ले १ विकेट लिए।

Lalit Pyakurel

आर्मीले प्रतियोगितामा २ खेल खेल्दा २ जितनै दर्ता गरेको छ भने कर्णालीले नेपाल पुलिस संग खेलेको पहिलो खेल हारेको थियो। अंकतालिका 

यो पनि पढ्नुस – “राष्ट्रिय टिममा कम्ब्याक बारे सोचेको छैन” राजु रिजाल

( फिचर फोटो – राजु रिजाल/फाइल )





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]