आर्मीको जितमा सोमपालको अल-राउण्ड योगदान

Sompal Kami
  • विकेटनेपाल, १७ जेठ 

प्रधानमन्त्रि कप क्रिकेट प्रतियोगिताको पाँचौ दिनको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर-२ लाई ५५ रनले ( डिएल मेथड ) पराजित गरेको छ।

टस जितेर ब्याटिंग गरेको आर्मीले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २४४ रनको स्कोर खडा गरेको थियो। उसको लागि राजु रिजालले सर्वाधिक ५० रन ( ८५ बल, ५ चौका १, छक्का ) , सोमपाल कामिले ४१ रन ( २८ बल, ३ चौका र १ छक्का ) , राजेश पुलामीले ४० रन ( ४४ बल, २ चौका र २ छक्का ) , अनिल मण्डलले ३५ तथा बिनोद भण्डारीले २३ रन योगदान दिए।

प्रदेश नम्बर २ बार दिब्यान्शु मलिकले सर्वाधिक ३ विकेट तथा मेहबुब आलम, राशिद खान र संसाद शेखले समान २ विकेट हात पारे।

Sompal Kami
Sompal Kami

जवाफमा २४५ रन लक्ष्य पछ्याएको प्रदेश नम्बर-२ ले ४० ओभरमा सबै विकेट गुमाएर १८२ रन मात्रै बनाउन सक्यो। उसको लागि सुरज पटेलले सर्वाधिक ४८ रन, राशिद खान र हरिशंकर शाहले समान ३४ रन तथा हसिम अन्सारीले २८ रन बनाए।

प्लेयर अफ द म्याच समेत चुनिएका आर्मीका बलर सोमपाल कामिले सर्वाधिक ३ विकेट तथा सागर पुन, सुशन भारि र शाहब आलमले समान २ विकेट लिए।

Sompal Kami
Sompal Kami
Sompal Kami
Sompal Kami




थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]