जय ट्रफी : आर्मी १५२ रनले अघि

२०८१ पुष २४, बुधबार १८:२१

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपमा बागमती प्रदेश विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग १५२ रनले पछाडि परेको छ।

जनकपुरस्थित रामजानकी मैदानमा जारी खेलको पहिलो दिन समाप्त हुँदा बागमती १२४/५ को स्थितीमा छ। नन्दन यादव १८ र विपिन आचार्य एक रन बनाएर खेलिरहेका छन्।

यसैगरी शुभ कंशाकार ३४, उत्तम मगर २८, रित गौतम २१ र आशुतोष घिरैया ११ रन बनाएर पेभेलियन फर्किए।

आर्मीका लागि आकाश चन्दले तीन तथा सोमपाल कामीले दुई विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङमा तोकिएको ६० ओभरमा पाँच विकेट गुमाउँदै २७६ रन बनाएको थियो।

आर्मीका लागि इम्रान शेखले १०४ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ७२ रनको योगदान गरे। यसैगरी बसिर अहमदले ६४ बलमा आठ चौकाको मद्दतले अविजित ५३, तृतराज दासले ४४, कुशल मल्लले अविजित ३५ र भीम सार्कीले ३२ रन बनाए।

बागमतीका लागि विपिन आचार्यले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए।

तस्बिर : क्यान

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy