सप्तरी प्रिमियर लिग : अरनिको र राहुल चम्किदा बजाज खडक वारियर्स विजयी

२०७८ चैत्र १०, बिहीबार १७:०३

चौंथो संस्करणमा राजविराज मेयर कप सप्तरी प्रिमीयर लिग सप्तरीको राजविराजमा सुरु भएको छ।

राज रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सिद्धान्त लोहनी कप्तानी रहेको डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रदर्शनलाई ६ विकेटले पराजित गर्यो।

राजबिराज ब्रदर्सले दिएको १४० रनको लक्ष्य बजाज खडक वारियर्सले ७ बल बाँकी छंदै ६ विकेट क्षेतीमा भेटायो। खडक वारियर्सको लागि राहुल मण्डलले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरे। यस्तै अरनिको यादवले ५० रन बनाए जुन क्रममा ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

राष्ट्रिय क्रिकेटर समेत रहेका कप्तान सिद्धान्त लोहनी खाता नखोली आउट हुँदा २४ रनमा ५ विकेट गुमेको अवस्थामा राहुल र अरनिकोले छैठौं विकेटको लागि ८८ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

राजविराज ब्रदर्शका बलर अनुज चुनारा र दिपेश कंडेलले समान दुई विकेट तथा पार्थिव यादवले एक विकेट लिए पनि जित्न पर्याप्त रहेन।

Rahul Mandal

टस जितेर ब्याटिंग गरेको राजविराज ब्रदर्शले २० ओभरमा ८ विकेट क्षेतीमा १३९ रन बनायो। उसको लागि ओपनर अमित कुमार यादवले सर्वाधिक ३९ रन, प्रशान्त सिंहले २७ तथा निरज कुमार यादवले २६ रन बनाए। खडक वारियर्सका बलर अरनिको यादव र रोबिन सिंहले समान तिन विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बजाज खडक वारियर्सका अरनिको यादव घोषित भए।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे टिभीएस किंग्स राजविराज र राजविराज द किंग्स तथा दोश्रो खेलमा दिउँसो १ बजे बजाज खडक वारियर्स र तिलाठी कोइलाडी जायन्ट्स प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवले ब्याटिंग तथा उपमेयर साधना झाले बलिंग गर्दै गर्नुभएको थियो। उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, राजविराज नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रेवतीरमन शर्मा, खडक नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कुन्दन कर्ण, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ लगायत अथितिहरुको सहभागिता थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy