विश्वकप असफलता पछि पाकिस्तानले कोच अर्थरको कन्ट्रयाक्ट थपेन, ‘निर्णयले आश्चर्यचकित र निराश छु’ – अर्थर

एकदिवसीय विश्वकपकोले सेमीफाइनल पुग्न असफल पाकिस्तान क्रिकेट टिम असफलता पछि टिमका मुख्य प्रशिक्षक मिकी अर्थरको कन्ट्रयाक्ट अबधि नथप्ने निर्णय गरेको छ।

अर्थरसंगै बलिंग प्रशिक्षक अजहर महमुद, ब्याटिंग प्रशिक्षक ग्रान्ट फ्लावर र ट्रेनर ग्रान्ट लुडेनलाई पनि निरन्तरता नदिने निर्णय बोर्डले गरेको हो। नयाँ टिम र योजनाका साथ अब पाकिस्तान क्रिकेट अघि बढ्ने भएको छ।

विश्वकप पछि पाकिस्तानको क्रिकेट कमिटिले पछिल्लो ३ वर्ष र विश्वकपमा पाकिस्तानको प्रदर्शनको समिक्षा गरेको थियो। कमिटिले प्रशिक्षण टिमलाई हटाउने सुझाव दिएपछि बोर्डले बुधबार बिज्ञप्ति जारि गर्दै निर्णय सार्वजनिक गरेको हो।

५६ वर्षीय अर्थरले २०१६ देखि पाकिस्तान टिमको प्रशिक्षण थालेका थिए। त्यस अघि उनि दक्षिण अफ्रीका र अस्ट्रेलियाको प्रशिक्षक रहीसकेका थिए।


अर्थरले केहि दिन अघि मात्रै आफु अझ २ वर्ष प्रशिक्षक भए पाकिस्तान क्रिकेटले सफलता हात पार्ने तथा अब कप्तानको रुपमा सरफराज एहमदलाई निरन्तरता दिन नहुने सुझाव समेत दिएका थिए। 

पाकिस्तानले निरन्तरता नदिए भएपछि अर्थरले आफु निकै निराश भएको प्रतिक्रिया दिएका छन् –

“अस्चार्यचकित र निराश भएको छु” एएफपीसंग कुराकानीमा अर्थरले आफुले पाकिस्तानको लागि सक्दो योगदान गरेको र विश्वकपमा पनि थोरैले मात्रै सेमीफाइनल पुग्न चुकेको प्रतिक्रिया दिएका छन् –

“म निकै अस्चार्यचकित र दुखित छु। मैले पाकिस्तान क्रिकेटलाई उकास्नको लागि लागि दिलोज्यान लगाएर काम गरेको छु” पाकिस्तान नेट रन रेटमा न्युजिल्याण्डसंग पछि पर्दै सेमीफाइनल पुग्न असफल भएको थियो।

पाकिस्तान  बोर्डले बिज्ञप्तिमा अब नयाँ नेतृत्व र ताजा सुरुवातको साथ अघि बढ्ने बताएको छ।

अर्थर इंग्ल्याण्डको प्रशिक्षक हुनसक्ने 

पाकिस्तानले कन्ट्रयाक्ट नगरेका अर्थरलाई विश्वकप विजेता इंग्ल्याण्डले प्रशिक्षक बनाउने प्रमुख दाबेदारमा राखेको बिबिसीले बताएको छ। विश्वकप पछि प्रशिक्षक ट्रेभर बेलिसले प्रशिक्षण पद छोड्ने भएपछि उनको स्थानमा अर्थर, ओट्टीस गिब्सन र ग्यारी किर्सटन मध्ये लिने बारे इंग्ल्याण्डले सोचेको बिबिसीले लेखेको छ। 

अर्थरको प्रशिक्षण कालमा पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी २०१७ को उपाधि जितेको थियो। यस्तै पाकिस्तान टि-२० वरियतामा नम्बर-१ रह्यो। तर टेस्ट क्रिकेटमा पाकिस्तानको प्रदर्शन खस्कदो रह्यो भने एकदिवसीयमा टिमको प्रदर्शन उतारचढावपूर्ण रह्यो।

दक्षिण अफ्रिकाका अर्थरले १९८६ देखि २००१ सम्म दक्षिण अफ्रीकाको घरेलु क्रिकेट खेलेका थिए। २००५ देखि २०१० सम्म दक्षिण अफ्रिकी टिमका मुख्य प्रशिक्षक रहेका अर्थरले त्यसपछि २०१३ सम्म अस्ट्रेलियाको प्रशिक्षकको रुपमा समेत काम गरे। २०१६ मेमा उनलाई पाकिस्तान क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको थियो।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]