टियु बिबिए कप असार १२ देखि

त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालभरीबाट बिबिए अध्यापन गर्ने कलेजहरु सम्मिलित टियु बिबिए कप क्रिकेट आगामी असार १२ गतेदेखि सुरु हुने भएको छ ।

साविक विजेता टिम काठमाडौंकै पब्लिक युथ क्याम्पसको आयोजनामा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा अहिलेसम्मकै धेरै टोलीको सहभागिता रहने आयोजक टोलीले जनाएको छ । प्रतियोगितामा २२ टोलीको सहभागिता रहेनछ ।

झापाको मेची बहुमुखी क्याम्पस र काठमाडौंकै मोर्डन नेपाल कलेजले पहिलोपटक सहभागिता जनाउन लागेका हुन् । प्रतियोगिताका सम्पुर्ण खेलहरु काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले ९० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ४० हजार रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

tu b

आयोजक इभेन्ट म्यानेजर म्यान क्यान डु का म्यानेजिङ डाइरेक्टर सुनिल थापाका अनुसार वर्षाको सिजन भएकाले एकै दिनमा ३ खेल पनि खेलाउनुपर्ने अवस्था आउन सक्ने बताउँदै टोलीहरुलाई त्यही अनुसार तयार रहन आग्रह गरेका छन् । खेलमा अनुशासनको उत्तिकै महत्व हुने बताउँदै उनले सबै टोलीलाई अनुशासन कायम राखेर खेल प्रदर्शन गर्न सुझाव दिएका छन् ।

आयोजक पब्लिक युथ क्याम्पसका बिबिए डाइरेक्टर राजुभाइ मानन्धरले समेत खेलमा अनुशासनको निकै महत्व हुने जनाउँदै बिबिए बाट उत्कृष्ट टिम र खेलाडी निस्कनेमा आशावादी रहेको बताए । सबै टिमलाई शुभकामना दिँदै उनले आफुले सकेको मिहिनेत गरेर नाम स्थापित गराउने कुरामा जोड दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पब्लिक युथ क्याम्पस र पिपल्स क्याम्पस खेल्ने छन् ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]