असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ।

नेक्सोभा स्पोर्ट्स प्रालिको आयोजना तथा सिटि सिपको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता हुनेछ। बुढानिलकन्ठको चुनिखेलमा स्थित रोयल स्पोर्ट्स पार्कमा प्रतियोगिता आयोजना हुनेछ।

सहभागी १६ टिमलाई ४ समुह बिभाजन गरिनेछ। समुह चरणमा प्रत्येक टिमले एकअर्का विरुद्ध १-१ खेल खेलीसकेपछि प्रत्येक समुह बाट २ वटा टिम क्वार्टरफाइनल प्रवेश गर्नेछन्।

वर्षाको मौसमलाई मध्यनजर गर्दै क्रिकेटको माहोल बनाउन तथा घरेलु तथा रास्ट्रिय क्रिकेटरहरुलाई क्रिकेटसंग जोडीराख्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ रहेको छ।

प्रतियोगितामा जुन सुकै टिमले पनि सहभागी हुन सक्ने आयोजकले बताएको छ। दर्ता खुलीसकेको र सिमित टिम मात्र सहभागी गराइने हुँदा आयोजकले छिटो टिम दर्ता गर्न समेत आव्हान गरेको छ। टिम दर्ता सुल्क १५ हजार रुपैयाँ राखिएको छ।

पांच लाख रुपैयाँ कुल लागत रहने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ सहित ट्रफी तथा उपविजेताले ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन्। प्लेयर अफ द म्याच, सिरिज तथा अन्य विधाका उत्कृस्ट खेलाडीहरुलाई पनि बिभिन्न पुरस्कार प्रदान गरिनेछ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]