असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ।

नेक्सोभा स्पोर्ट्स प्रालिको आयोजना तथा सिटि सिपको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता हुनेछ। बुढानिलकन्ठको चुनिखेलमा स्थित रोयल स्पोर्ट्स पार्कमा प्रतियोगिता आयोजना हुनेछ।

सहभागी १६ टिमलाई ४ समुह बिभाजन गरिनेछ। समुह चरणमा प्रत्येक टिमले एकअर्का विरुद्ध १-१ खेल खेलीसकेपछि प्रत्येक समुह बाट २ वटा टिम क्वार्टरफाइनल प्रवेश गर्नेछन्।

वर्षाको मौसमलाई मध्यनजर गर्दै क्रिकेटको माहोल बनाउन तथा घरेलु तथा रास्ट्रिय क्रिकेटरहरुलाई क्रिकेटसंग जोडीराख्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ रहेको छ।

प्रतियोगितामा जुन सुकै टिमले पनि सहभागी हुन सक्ने आयोजकले बताएको छ। दर्ता खुलीसकेको र सिमित टिम मात्र सहभागी गराइने हुँदा आयोजकले छिटो टिम दर्ता गर्न समेत आव्हान गरेको छ। टिम दर्ता सुल्क १५ हजार रुपैयाँ राखिएको छ।

पांच लाख रुपैयाँ कुल लागत रहने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ सहित ट्रफी तथा उपविजेताले ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन्। प्लेयर अफ द म्याच, सिरिज तथा अन्य विधाका उत्कृस्ट खेलाडीहरुलाई पनि बिभिन्न पुरस्कार प्रदान गरिनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy