एसेज : स्मिथको लगातार दोश्रो शतक, पाँचौ दिन इंग्ल्याण्डलाई चुनौतीपूर्ण लक्ष्य

इंग्ल्याण्डमा जारि एसेज सिरिज अन्तर्गत अस्ट्रेलियाले घरेलु टिमलाई ३९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।पहिलो इनिंगमा ९० रनले पछि परेको अस्ट्रेलियाले दोश्रो इनिंगमा ४८७/७ को स्थितिमा पारि घोषणा गरेको हो।

चौथो दिननै ब्याटिंग सुरु गरेको इंग्ल्याण्डले विकेट नगुमाई १३ रन बनाएको छ। अघिल्लो इनिंगमा शतक बनाएका रोरी बर्न ७ र जेसन रोय ६ रन बनाएर ब्याटिंग गरिरहेका छन्। अब पाँचौ दिन इंग्ल्याण्डले ३८५ रन बनाउनु पर्नेछ।

तेश्रो दिनको खेल समाप्तिमा १२४/३ को स्थितिमा रहेको अवस्थाबाट चौथो दिन इनिंग अघि बढाउने क्रममा स्टिभ स्मिथले शतक पुरा गरे। १४२ रन बनाउन उनले २०७ बल खेल्दै १४ चौका प्रहार गरे। यस्तै म्याथु वेडले पनि करियरको तेश्रो शतक बनाए जुन क्रममा १४३ बलमा १७ चौका प्रहार गरे।

स्मिथ र वेडको विकेटपछि तल्लोक्रममा अस्ट्रेलियन ब्याट्सम्यानले आक्रामक सटहरु खेल्दै अग्रता बढाए।  कप्तान टिम पेनले ३४ ( ४४ बलमा २ चौका र १ छक्का ) , जेम्स प्याटिन्सनले अविजित ४७ ( ४८ बलमा २ चौका र ४ छक्का ) तथा प्याट कमिन्सले अविजित २६ रन ( ३३ बलमा २ चौका ) बनाए।

इंग्ल्याण्डको बलिंगमा बेन स्टोक्सले सर्वाधिक ३ ( २२-५-८५-३ ) , मोइन अलिले २ ( २९-१-१३०-२ ) तथा स्टुवार्ट ब्रड र क्रिस वोक्सले १/१ विकेट लिए।

स्मिथको रेकर्ड 

टेस्टको पहिलो इनिंगमा पनि शतक ( १४४ ) रन बनाएका स्मिथले दोश्रो इनिंगमा पनि शतक बनाए। एसेजमा २ इनिंगमा २ वटा शतक बनाउने स्मिथ आठौँ ब्याट्सम्यान हुन्। सन् २००२ मा म्याथु हेडनले पछिल्लो पटक यो काम गरेका थिए।

यस्तै एसेजमा धेरै शतक बनाउने ब्याट्सम्यानको सुचीमा १० शतक सहित स्मिथ स्टिभ वासंगै ससंयुक्त रुपमा तेश्रो स्थनमा पुगेका छन्। एसेजमा डन ब्र्याडम्यानले १९ तथा ज्याक हब्सले १२ शतक बनाउदै पहिलो र दोश्रो स्थानमा रहेका छन्।

११९ इनिंगमै २५ टेस्ट शतक पुरा गर्दै स्मिथ विश्वकै दोश्रो छिटो २५ टेस्ट शतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन्। सबैभन्दा छिटो डन ब्र्याडम्यानले ६८ इनिंगमा २५ शतक पुरा गरेका थिए। तेश्रो छिटो बिराट कोहलीले १२७ इनिंगमा , चौथो छिटो सचिन तेन्दुलकरले १३० इनिंगमा, पाँचौ छिटो सुनिल गावस्करले १३८ इनिंगमा २५ शतक बनाएका थिए।

इंग्ल्याण्डको पहिलो इनिंग 

अस्ट्रेलिया पहिलो इनिंगमा २८४ रनमा समेटिन पुगेपछि पहिलो दिननै इनिंग सुरुवात गरेको इंग्ल्याण्डले तेश्रो दिन चिया सत्र अघि ३७४ रनमा सबै विकेट गुमाएको हो। दोश्रो दिनको समाप्तिमा २६७/४ को स्थितिमा रहेको अस्ट्रेलियाले थप १०७ रन जोड्दा बाँकी ६ विकेट गुमाउन पुग्यो।

इंग्ल्याण्डको लागि ओपनर रोरी बर्नसले करियरकै पहिलो शतक बनाउने क्रममा सर्वाधिक १३३ रन बनाएका थिए।

३०० रनमा ८ विकेट गुमाएको अवस्थामा स्टुवार्ट ब्रोड र क्रिस वोक्सले नवौं विकेटको लागि ६५ रनको साझेदारी गर्दै अग्रता बढाएका थिए। २९ रन बनाएका ब्रोडलाई प्याट कमिन्सले क्याच आउट गराउदै साझेदारी तोडेका थिए। वोक्स ३७ रनमा अविजित रहे। त्यस अघि इंग्ल्याण्ड कप्तान जो रुटले ५७ तथा बेन स्टोक्सले ५० रन बनाएका थिए।

अस्ट्रेलियाको बलिंगमा नाथन लायन ( ४३.५-८-११२-३ ) , प्याट कमिन्स ( ३३-९-८४-३ ) ले ३/३ तथा जेम्स प्याटीन्सन ( २७-३-८२-२ ) र पिटर सिडल ( २७-८-५२-२ ) ले २/२ विकेट लिए।

अस्ट्रेलियाको पहिलो इनिंग

यस अघि पहिले इनिंगमा अस्ट्रेलियाले २८४ रनमा सबै विकेट गुमाएको थियो। १२२/८ को नाजुक अवस्थाबाट अस्ट्रेलियालाई स्टिभ स्मिथले शतक बनाउदै उकासेका थिए। स्मिथले १४४ रन बनाएका थिए जुन क्रममा २१९ बलमा १६ चौका र २ छक्का प्रहार गरेका थिए। पिटर सिडालले ४४ र ट्रेभिस हेडले ३५ रन बनाएका थिए। इंग्ल्याण्ड बलर स्टुवार्ट ब्रोडले ५ ( २४.४-४-८६-५ ) तथा क्रिस वोक्सले ( २१-२-५८-३ )  ३ विकेट लिएका थिए।

 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]