एसेज : इंग्ल्याण्डलाई ९० रनको अग्रता

२०७६ श्रावण १८, शनिबार २०:२८

इंग्ल्याण्ड र अस्ट्रेलिया बीच एजब्यासटनमा जारि एसेज सिरिज अन्तर्गत पहिलो टेस्टको पहिलो इनिंगमा इंग्ल्याण्डले ९० रनको अग्रता लिएको छ। आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गत यो पहिलो टेस्ट हो।

अस्ट्रेलिया पहिलो इनिंगमा २८४ रनमा समेटिन पुगेपछि पहिलो दिननै इनिंग सुरुवात गरेको इंग्ल्याण्डले तेश्रो दिन चिया सत्र अघि ३७४ रनमा सबै विकेट गुमाएको हो। दोश्रो दिनको समाप्तिमा २६७/४ को स्थितिमा रहेको अस्ट्रेलियाले थप १०७ रन जोड्दा बाँकी ६ विकेट गुमाउन पुग्यो। अब तेश्रो दिनको अन्तिम सत्रको खेल बाँकी छ।

इंग्ल्याण्डको लागि ओपनर रोरी बर्नसले करियरकै पहिलो शतक बनाउने क्रममा सर्वाधिक १३३ रन बनाएका थिए। दोश्रो दिन सकिद १२५ रनमा अविजित रहेका उनलाई नाथन लायनले विकेटकिपरबाट क्याच आउट गराए।

३०० रनमा ८ विकेट गुमाएको अवस्थामा स्टुवार्ट ब्रोड र क्रिस वोक्सले नवौं विकेटको लागि ६५ रनको साझेदारी गर्दै अग्रता बढाएका थिए। २९ रन बनाएका ब्रोडलाई प्याट कमिन्सले क्याच आउट गराउदै साझेदारी तोडेका थिए। वोक्स ३७ रनमा अविजित रहे। त्यस अघि इंग्ल्याण्ड कप्तान जो रुटले ५७ तथा बेन स्टोक्सले ५० रन बनाएका थिए।

अस्ट्रेलियाको बलिंगमा नाथन लायन ( ४३.५-८-११२-३ ) , प्याट कमिन्स ( ३३-९-८४-३ ) ले ३/३ तथा जेम्स प्याटीन्सन ( २७-३-८२-२ ) र पिटर सिडल ( २७-८-५२-२ ) ले २/२ विकेट लिए।

अस्ट्रेलियाको ब्याटिंग 

यस अघि पहिले इनिंगमा ब्याटिंग गरेको अस्ट्रेलियाले २८४ रनमा सबै विकेट गुमाएको थियो। १२२/८ को नाजुक अवस्थाबाट अस्ट्रेलियालाई स्टिभ स्मिथले शतक बनाउदै उकासेका थिए। स्मिथले १४४ रन बनाएका थिए जुन क्रममा २१९ बलमा १६ चौका र २ छक्का प्रहार गरेका थिए। पिटर सिडालले ४४ र ट्रेभिस हेडले ३५ रन बनाएका थिए। इंग्ल्याण्ड बलर स्टुवार्ट ब्रोडले ५ ( २४.४-४-८६-५ ) तथा क्रिस वोक्सले ( २१-२-५८-३ )  ३ विकेट लिएका थिए।

अस्ट्रेलिया पहिलो इनिंग : २८४ (  स्टिभ स्मिथ १४४, स्टुवार्ट ब्रोड ५/८६ )
इंग्ल्याण्ड पहिलो इनिंग : ३७४ ( रोरी बर्नस १३३ , कमिन्स ३/८४ , लायन ३/११२ )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy