एशेज : रोमान्चक चौंथो टेस्ट बराबरीमा

एशेज सिरिज अन्तर्गत चौंथो टेस्ट बराबरीमा टुंगिएको छ।

टेस्टको पाँचौ दिन ३८८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले दिनको समाप्तिमा १०२ ओभर ब्याटिंग गर्दै ९ विकेट क्षेतीमा २७० रन बनाउदै टेस्ट जोगाउन सफल रह्यो। सिरिज अन्तर्गत पहिलो तिन टेस्ट अस्ट्रेलियाले जित्दै सिरिज जितीसकेको छ।

इंग्ल्यान्डले ८ विकेट २३७ रनमै गुमाएको थियो। तर त्यसपछि नवौं विकेटको लागि ज्याक लिच र स्टुवार्ट ब्रोड ले ३३ रनको साझेदारी गर्दै थप ९ ओभर ब्याटिंग गरे। स्टिभ स्मिथले दिनको खेल २ ओभर बाँकी रहंदा लिचलाई क्याच आउट पारे। त्यसपछि ब्रोड र एण्डरसनले विकेट नगुमाई ब्याटिंग गरे। इंग्ल्यान्डको लागि ओपनर ज्याक क्रलेले ७७, बेन स्टोक्सले ६०, जोनी बेयरस्टोले ४१, ज्याक लिचले २६, जो रुटले २४ रन बनाए। स्टुवार्ट ब्रोडले ३५ बलमा अविजित ८ रन बनाए भने ६ बलमा खाता नखोली जेम्स एण्डरसन अविजित रहे।

अस्ट्रेलियाको बलिंगमा स्कट बोल्याण्डले ३, नाथन लायन र प्याट कमिन्सले समान दुई विकेट तथा क्यामरन ग्रिन र स्टिभ स्मिथले समान एक विकेट लिए।

टेस्टको पहिलो इनिंग्समा अस्ट्रेलियाले ४१६ रन बनाएको थियो भने इंग्ल्यान्डले पहिलो इनिंग्समा २९४ रन बनाएको थियो। अस्ट्रेलियाले दोश्रो इनिंग्समा २६५ रन बनाएको थियो।

खेलको प्लेयर अफ द म्याच दुवै इनिंग्समा शतक बनाएका अस्ट्रेलियका उस्मान ख्वाजा घोषित भए।

सिरिज अन्तर्गत पाँचौ टेस्ट जनवरी १४ तारिख देखी सुरु हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy