एशेज : रोमान्चक चौंथो टेस्ट बराबरीमा

एशेज सिरिज अन्तर्गत चौंथो टेस्ट बराबरीमा टुंगिएको छ।

टेस्टको पाँचौ दिन ३८८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले दिनको समाप्तिमा १०२ ओभर ब्याटिंग गर्दै ९ विकेट क्षेतीमा २७० रन बनाउदै टेस्ट जोगाउन सफल रह्यो। सिरिज अन्तर्गत पहिलो तिन टेस्ट अस्ट्रेलियाले जित्दै सिरिज जितीसकेको छ।

इंग्ल्यान्डले ८ विकेट २३७ रनमै गुमाएको थियो। तर त्यसपछि नवौं विकेटको लागि ज्याक लिच र स्टुवार्ट ब्रोड ले ३३ रनको साझेदारी गर्दै थप ९ ओभर ब्याटिंग गरे। स्टिभ स्मिथले दिनको खेल २ ओभर बाँकी रहंदा लिचलाई क्याच आउट पारे। त्यसपछि ब्रोड र एण्डरसनले विकेट नगुमाई ब्याटिंग गरे। इंग्ल्यान्डको लागि ओपनर ज्याक क्रलेले ७७, बेन स्टोक्सले ६०, जोनी बेयरस्टोले ४१, ज्याक लिचले २६, जो रुटले २४ रन बनाए। स्टुवार्ट ब्रोडले ३५ बलमा अविजित ८ रन बनाए भने ६ बलमा खाता नखोली जेम्स एण्डरसन अविजित रहे।

अस्ट्रेलियाको बलिंगमा स्कट बोल्याण्डले ३, नाथन लायन र प्याट कमिन्सले समान दुई विकेट तथा क्यामरन ग्रिन र स्टिभ स्मिथले समान एक विकेट लिए।

टेस्टको पहिलो इनिंग्समा अस्ट्रेलियाले ४१६ रन बनाएको थियो भने इंग्ल्यान्डले पहिलो इनिंग्समा २९४ रन बनाएको थियो। अस्ट्रेलियाले दोश्रो इनिंग्समा २६५ रन बनाएको थियो।

खेलको प्लेयर अफ द म्याच दुवै इनिंग्समा शतक बनाएका अस्ट्रेलियका उस्मान ख्वाजा घोषित भए।

सिरिज अन्तर्गत पाँचौ टेस्ट जनवरी १४ तारिख देखी सुरु हुनेछ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]