खुकुरी कप: आशुतोषको अलराउण्ड प्रदर्शनमा रौतहट बिजयी

२०७४ माघ २३, मंगलवार १९:३९

  • विकेटनेपाल, माघ २३ – मंगलबार

काठमाडौँमा जारि खुकुरी च्यालेंजर्स कप टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि सुरु भएको समूह ‘डी’ को खेलमा रौतहट राइजिंग ११ ले बुटवल क्रिकेट ब्वाइजलाई पराजित गर्दै बिजयी सुरुवात गरेको छ। खेल रौतहटले ४ विकेटले जितेको थियो।

समुह ‘डी’ अन्तर्गतनै मंगलबार हुनुपर्ने मकवानपुर क्रिकेट क्लब र डिस्ट्रिक स्पोर्ट्स क्लब दोश्रो खेल भने हुन पाएन। आयोजक खुकुरी इन्टरटेन्मेन्टका अनुसार प्राबिधिक कारणले डिस्ट्रिक स्पोर्ट्स क्लबलाई खेल्न नदिईएको र मकवानपुरलाई ३ अंक प्रदान गरिएको छ।

आशुतोष सिंहले अलराउण्ड प्रदर्शन ( रौतहट राइजिंग ११ Vs बुटवल क्रिकेट ब्वाइज ) 

१३१ रनको लक्ष्य पछ्याउदै मैदानमा उत्रिएको रौतहट राइजिंग ११ ले ५ बल बाँकी छदै ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । उसको जितमा आशुतोष सिंहले अलराउण्ड प्रदर्शन गरे। बलिंगतर्फ २ विकेट लिन ४ ओभरमा १८ रन खर्चिएका उनले आक्रामक ब्याटिंग गर्दै अविजित २८ रन बनाउन १४ बलमा ४ चौका प्रहार गरे।

त्यस्तै सलमान आलमले ३१ रन बनाउन २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा अरविन्द चौधरीले पनि २४ रन बनाए। यसअघि टस हारेर ब्याटिंग गरेको बुटवल क्रिकेट ब्योएज तुल बहादुर थापाको आक्रामक पारिका बाबजुत मात्र १३१ रनमा समेटिएको थियो।

आशुतोष सिंह

तुल बहादुर थापाले ६८ रनको पारि खेल्नेक्रममा २२ बलमा १० छक्का प्रहार गरेका थिए तर रौतहटका सुनिल मिश्रले ३ विकेट लिन १७ रन खर्चिएपछि अन्य ब्याट्सम्यानले उनको साथ दिन सकेनन् ।

अंक-तालिका

Group D

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Rautahat XI 1 1 0 0 3
Makwanpur Cricket Club 1 1 0 0 3
Butwal Cricket Boys 1 0 1 0 0
Inter – District Sport Club 1 0 1 0 0
Tikapur Cricket 0 0 0 0 0

भोलि हुने खेलहरु :

पहिलो खेल: टिकापुर क्रिकेट Vs रौतहट राइजिंग ११
दोश्रो खेल: बुटवल क्रिकेट ब्योएज Vs मकवानपुर क्रिकेट क्लब

हिजोको खेल –  सुबास खकुरेल र प्रकास बिस्टले राम्रो खेल्दा फाइटरको दोश्रो जित

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy