IPL : आश्विनले अचानक किन लिए आईपीएलबाट ब्रेक लिने निर्णय

दिल्ली क्यापिटल्सका अफ स्पिनर रभीचन्द्रन आश्विनले अचानक इण्डियन प्रिमियर लिग २०२१ बाट विदा लिने निर्णय गरेका छन्।

आइतबार राति दिल्ली र हैदरावाद बीचको खेलमा दिल्लीले सुपर ओभरमा हैदरावादलाई पराजित गरेको थियो। जितको खुसि पछि आश्विनले खेल पछि राति ट्वीट गर्दै उक्त निर्णय सार्वजनिक गरेका हुन्। आश्विनको घरेलु मैदान चेन्नाईमा दिल्लीले उक्त जित हात पारेको थियो।

हैदरावादसंगको उक्त खेलसंगै दिल्लीले चेन्नाईमा हुने आफ्नो खेलहरु सकेको छ र अब अर्को सेटको खेलको लागि अहमदावाद जानेछ।

आश्विनले ट्वीट गर्दै लेखेका छन् “म भोलि देखि यो वर्षको आईपीएलबाट ब्रेक लिंदैछु। मेरो परिवार र विस्तारित परिवार कोभीड-१९ को बिरुद्ध लडाई लडीरहेका हँ र म यो कठिन समयमा उनीहरुको साथ दिन चाहन्छु।”


आश्विनले भने जस्तो भए पुनः खेलमा फर्कन सक्ने पनि बताएका छन् – “यदी कुराहरु सहि दिशामा गएको खण्डमा म खेलमा फर्कन सक्छु। धन्यवाद दिल्ली क्यापिटल्स।”

आश्विन यदी आईपीएलमा पुनः फर्कन चाहेको खण्डमा पुनः प्रोटोकल अनुसार ७ दिन होटलमा क्वारेन्टाइन बस्नुपर्नेछ। त्यसैले आश्विन पुनः फर्कने सम्भावना कम मानिएको छ।

आश्विनले अफ्न परिवारको कसलाई कोरोना भएको भने खुलाएका छैनन्।

आश्विन बीचमै टिम छोडेर जाने भएपछि दिल्ली क्यापिटल्सले पनि ट्वीटमार्फत उनको निर्णयको सम्मान गर्ने बताएको छ-

“आफ्नो परिवारलाई कोभीड-१९ बिरुद्ध लडाईमा साथ दिन रभीचन्द्रन आश्विनले आईपीएल २०२१ बाट ब्रेक लिने निर्णय लिएका छन्। उनले कुराहरु राम्रो भएको खण्डमा फर्कन सक्ने विकल्प पनि राखेका छन्। दिल्ली क्यापिटल्स टिमको उनलाई पूर्ण समर्थन छ।”

३४ वर्षीय स्टार अफ स्पिनरले यो सिजन आईपीएलमा ५ खेल खेल्दा १ विकेट मात्र लिन सकेका थिए। कुल १९ ओभर बलिंग गरेका उनले ७.७३ प्रतिओभरको रेटमा १४७ रन खर्चेका थिए। आइतबार हैदरावाद बिरुद्ध उनले  ४ ओभरमा २७ रन खर्चेर विकेटविहिन रहेका थिए।

आश्विन नहुने भएपछि दिल्लीसंग अब स्पिनरको रुपमा देब्रे हाते स्पिनर अक्षर पटेल, लेग स्पिनर अमित मिश्रा, लेग स्पिनर प्रभिन दुबे टिममा रहेका छन्। अक्षर पटेलले आइतबार दिल्लीको लागि पहिलो खेल खेलेका थिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ipl-m20-srh-vs-dc-report-wn21/

https://wicketnepal.com/jadeja-rec-chennai-win-over-rcb-wn21-m1/

https://wicketnepal.com/icc-ranking-nepal-wn21-new-425/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy