इंग्ल्यान्ड बिरुद्ध पहिलो टेस्टमा आश्विन अन्तिम-११ बाट बाहिर

भारतको इंग्ल्यान्ड भ्रमण अन्तर्गत पाँच खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्ट ट्रेन्ट ब्रिज स्टेडियम नटिंघममा सुरु भएको छ। खेलमा टस जितेर इंग्ल्यान्डले पहिले ब्याटिंग गरेको छ।

खेलमा भारतले आफ्नो ४ सय बढी टेस्ट विकेट लिएका उत्कृस्ट स्पिनर रभीचन्द्रन आश्विनलाई अन्तिम-११ मा मौका दिएको छैन। भारतले ४ जना फास्ट बलरलाई मौका दिएको छ। टिममा रभिंद्र जडेजा स्पिनरको रुपमा छन् भने शार्दुल ठाकुर र मोहम्मद सिराजले पुनरागमन गरेका छन्। फास्ट बलर इशान्त शर्मा घाइते छन्। शुबमन गिल र मायाँक अग्रवाल घाइते भएपछि रोहित शर्मा र केएल राहुलले भारतको ओपनिंग ब्याटिंग गर्नेछन्।

अर्कोतर्फ इंग्ल्यान्डले पनि स्पेसलिस्ट स्पिनर ज्याक लिचलाई अन्तिम-११ मा मौका दिएको छैन भने अतिरिक्त ब्याट्सम्यानलाई मौका दिएको छ। जोनी बेयरस्टो र स्याम करनले पुनरागमन गरेका छन्।

भारतको अन्तिम ११ : Rohit Sharma, KL Rahul, Cheteshwar Pujara, Virat Kohli(c), Ajinkya Rahane, Rishabh Pant(w), Ravindra Jadeja, Shardul Thakur, Jasprit Bumrah, Mohammed Shami, Mohammed Siraj

इंग्ल्यान्डको अन्तिम ११ : Rory Burns, Dominic Sibley, Zak Crawley, Joe Root(c), Jonny Bairstow, Daniel Lawrence, Jos Buttler(w), Sam Curran, Ollie Robinson, Stuart Broad, James Anderson

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy