T20WC : मंज्रेकरद्वारा भारतीय स्पिनरको आलोचना “आश्विन र जडेजा विकेट लिने बलर हैनन्।”

२०७८ कार्तिक १२, शुक्रबार २२:०५

टि-ट्वान्टी विश्वकप अन्तर्गत पहिलो कलमै भारत पाकिस्तानसंग १० विकेटले पराजित हुँदा अपेक्षाकृत सुरुवात गर्न सकेन। कप्तान बिराट कोहली र रिशभ पन्त बाहेक ब्याटिंगमा अन्य खेलाडीहरुले उल्लेख्य योगदान दिन सकेनन्। त्यस्तै खेलमा भारतीय बलरहरुको प्रदर्शन उच्चस्तरीय रहन सकेन जसकारण आलोचनाको शिकार हुन पुगेका छन्। यसै बीच भारतीय पूर्व ब्याट्सम्यान संजय मंज्रेकरले भारतीय स्पिनरहरुको आलोचना गरेका छन्। उनले भारतको बलिंग चिन्ताको विषय रहेको जसको पछाडी स्पिनरहरुको सोच विकेट लिने नभएको बताएका छन्।

हिन्दुस्तान टाइम्स्को लागि लेख लेख्ने क्रममा मंज्रेकरले बतएका छन् – “आश्विन र जडेजा विकेट लिने बलर हैनन्। दुवै बलर विकेट लिनु भन्दा बढी आफ्नो इकोनोमि रेटमा ध्यान दिने गर्छन्। मलाई लाग्छ कि टि-२० क्रिकेटमा स्पिनरको भूमिका विकेट लिएर खेल परिवर्तन गर्ने हुन्छ।”

उनले थप बताए – “मेरो लागि भारतको बलिंग सबैभन्दा चिन्ताको विषय हो। म बुझ्छु कि खेलाडीहरुलाई एक/दुई वटा खराब प्रदर्शन पछि साथ दिनुपर्छ। तर तपाई आईपीएल जस्तो लामो प्रतियोगितामा मात्र यस्तो गर्न सक्नुहुन्छ। वर्ल्डकप जस्तो प्रतियोगितामा एक या दुई हार पछि जित्ने मौका सकिन्छ।”

मंज्रेकरका अनुसार रभीन्द्र जडेजा त्यस्ता खेलाडी मध्ये हैनन् जो पुरा कोटाको ओभर बलिंग गरेर दिन सक्छन्। “जडेजा तपाईको तेश्रो स्पिनर हुन सक्छन् जो तपाईलाई म्याचको केहि ओभर बलिंग गरेर दिन सक्छन्। उनि तपाईको लागि पाँचौ स्पिनर हुन सक्दैनन्।”

पाकिस्तान बिरुद्ध जडेजा र वरुण चक्रवर्तीले ८ ओभर बलिंग गर्दा ६१ रन खर्चिए पनि विकेट दिलाउन असफल रहेका थिए। भारतसंग टिममा रभीचन्द्रन आश्विन र राहुल चाहरको रुपमा अन्य दुई स्पिनर रहेका छन्। सुपर-१२ चरण सुरु हुनु अघि रभीचन्द्रन आश्विनको भारतीय कप्तान कोहलीले तारिफ गरेका थिए।

कोहलीले बताएका थिए – “आईपीएलको पछिल्लो केहि वर्ष हेर्ने हो भने उनले कठिन ओभरमा बलिंग गरेका छन् र ठूला खेलाडी बिरुद्ध बलिंग गरेका छन्। उनि राम्रो ठाउँमा बल फाल्न डराउने गर्दैनन् जहाँ गर्दा पावर हिटरले आक्रमण गर्न सक्छन् तर आश्विनलाई आफ्नो कलामा विश्वास छ। जसरि उनि बलिंग गरिरहेका छन् उनिसंग आफ्नो गति र विविधतामा नियन्त्रण। उनि अनुभवी छन् आत्मविश्वास छ किनकि उनले धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनि खेलको नक्सा परिवर्तन गर्न सक्षम छन्।”

युजभेन्द्र चाहललाई बाहिर राख्दै राहुल चाहरलाई छनोट गर्नुको कारण बारे बोल्दै कोहलीले बताएका थिए – “हामीलाई विश्वास छ कि यो प्रतियोगिता अघि बढ्दै गर्दा विकेट अझै सुस्त हुँदै जानेछ त्यसैले जसले गतिमा बलिंग गर्न सक्छ तुलनात्मक रुपमा उसले सुस्त बलर भन्दा बढी ब्याट्सम्यानलाई दबाबमा पर्न सक्छ। उनि यस्तो बलर हुन् जसले सधैं विकेटलाई आक्रमण गर्छ जसले गर्दा उनलाई छनोट गरिएको हो। विश्वकपमा टिम छनोट गर्नु गार्हो कुरा हो र तपाई सबैलाई टिममा राख्न सक्नुहुन्न।” कोहलीले बताएका थिए।

विश्वकपमा भारतले आफ्नो दोश्रो खेल न्युजिल्यान्ड बिरुद्ध अक्टोबर ३१ मा खेल्नेछ। भारतले न्युजिल्यान्डसंग वरुण चक्रवर्तीको स्थानमा आश्विन र चाहर मध्ये एक स्पिनरलाई मौका दिने सम्भावना छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy