आश्विन-मांकड विवाद फेरी चर्चामा, ब्याट्सम्यानलाई ‘फ्री हिट’ जस्तै बलरलाई पनि ‘फ्री बल’ दिनु पर्ने आश्विनको धारणा

भारतीय अफ-स्पिनर रभीचन्द्रन आश्विनले क्रिकेट खेलमा ‘मांकड’ को परिस्थितिमा ‘फ्री बल’ को घोषणा गर्नुपर्ने धारणा राखेका छन्। अर्का भारतीय क्रिकेटर दिनेश कार्तिकले ट्वीटरमा ‘मांकड’ बारे खेलाडी र विश्लेषकहरुको धारणा सोधेपछि उनलाई जवाफ दिने क्रममा आश्विनले यस्तो बताएका हुन्।

‘मांकड’ रनआउटको एउटा प्रकार हो जसमा नन-स्ट्राइकमा रहेको ब्याट्सम्यानले बल फाल्नु अघि क्रिज छोडेको खण्डमा बलरले उक्त ब्याट्सम्यानलाई रन-आउट गर्न पाउछ। सिमित ओभर क्रिकेटमा बलरले नो बल गरेमा ब्याट्सम्यानले ‘फ्री हिट’ पाउने गर्छ जसमा ब्याट्सम्यान रन आउट बाहेक अरु तरिकाले आउट हुँदैन र रन बनाउन पाउछ।

आश्विनले ट्वीटमा सुझाव दिएका छन् कि यदी नन-स्ट्राइकर ब्याट्सम्यानले बलिंग गर्नु भन्दा क्रिज छोड्छ भने त्यो बललाई ‘फ्री बल’ घोषित गर्नुपर्छ। र यदी ‘फ्री बल’ मा ब्याट्सम्यान आउट हुन्छ भने ‘ब्याटिंग पक्षको ५ रन काटिनु पर्छ’।


यो सिजन आईपीएलमा दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गर्न तयार ३३ वर्षीय बलरले आजकल सबैजना बलरलाई ब्याट्सम्यानले प्रहार गरेको मात्र हेर्न चाहने समेत बताए।

आईपीएलमा आश्विनकै टिम दिल्लीका प्रशिक्षक तथा महान अस्ट्रेलियन ब्याट्सम्यान रिकी पोंटिंगले ‘मांकड’ गर्नु गलत भएको र आश्विनलाई यो बारे सम्झाउने केहि दिन अघि एक अन्तर्वार्तामा बताएका थिए।

के भएको थियो ? 

गत सिजनको आईपीएलमा किंग्स-११ पन्जाबको लागि खेल्ने क्रममा रभीचन्द्रन आश्विनले राजस्थान रोयल्स बिरुद्धको खेलको १३ औं ओभरमा बलिंग गर्ने क्रममा जोश बटलरलाई मांकड आउट गरेका थिए। उक्त घटना पछि क्रिकेट जगतनै मांकडको पक्ष-विपक्षमा उभिएका थियो।

बट्लरलाई आश्विनले मान्कड़ आउट गरेपछि खेलले दिशा परिवर्तन गरेको थियो। आश्विनले बलिंग गर्दै गर्दा बलरलाई नहेरी क्रिज छोडेको बेला आश्विनले बटलरले क्रिज छोडेपछि स्टम्प ढालेका थिए जसपछि थर्ड अम्पायरले आउट घोषणा गरेको थियो।

नियम के भन्छ 

क्रिकेटको नियम ४१.१६ अन्तर्गत यदि कुनै नन् स्ट्राइकर ब्याट्सम्यानले बलरले बल छोड्नु भन्दा अगाडीनै रन लिनका लागि आफ्नो क्रिज छाड्छन् भने बलरसंग उनलाई रन आउट गर्ने अधिकार रहन्छ। यस्तो गर्दा उक्त बल गनिदैन भने आउट नभएको खण्डमा अम्पायरले ‘डेड बल’ दिनु पर्छ।

तर क्रिकेटलाई भलाद्मीको खेल भन्नेहरुले ब्याट्सम्यानलाई यसरी आउट गर्नु क्रिकेटको खेल भावना विपरित भएको र आउट गर्नु अघि ब्याट्सम्यानलाई क्रिज नछाड्न चेतावनी दिनुपर्ने बताउछन्। विवादस्पद भएता पनि क्रिकेटको नियमले ‘मांकड’ लाई स्वीकार गरेको भन्दै धेरैले ‘मांकड’ गर्नु गलत काम नभएको बताउछन्।

कसरि सुरु भयेको थियो ‘मांकड’

सन् १९४७ मा भारत र अष्ट्रेलियाको दोस्रो टेस्टका क्रममा अष्ट्रेलियाका ब्याट्सम्यान बिल ब्राउनलाई भारतका बिनु मांकडले बल छोड्नु अघि नन् स्ट्राइकर एण्डमा आउट गरेपछि उनकै नाममा यस्तो किसिमको आउटलाई ‘मांकड’ भनिन थालिएको थियो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/cpl-t20-mr-9th-10th-wn20/

https://wicketnepal.com/aus-team-to-eng-wn20-odi-t20-ser/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/sandeep-credit-to-mujeeb-wn20/

https://wicketnepal.com/sandeep-n-rec-in-int-t20-leag-wn20/

https://wicketnepal.com/5-kheladi-jasko-antim-ipl-wn20/

https://wicketnepal.com/ipl-5-player-to-debut-wn20/





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]