‘एसियन क्रिकेट सिक्सेस टुर’ नेपालमा पहिलो पटक आयोजना हुने

  • विकेटनेपाल, बैशाख-१४ , शनिवार 

अष्ट्रेलियन क्रिकेट आयोजक एसियन क्रिकेट सिक्सेस टुरको सहयोगमा देविबास इभेन्ट्स एण्ड मिडियाले पर्यटकीय नगरी पोखरामा नेपाल इन्टरनेशनल क्रिकेट सेभेन्सको आयोजना गर्ने भएको छ ।

आउदो असोज ३ गतेदेखि ५ गतेसम्म हुने प्रतियोगितामा कुल १६ बिदेशी टोलीहरुको सहभागिता रहने आयोजकले शनिबार एक कार्यक्रम मार्फत जानकारी दिएको छ । सहभागी टोलीहरुले लिग कम नकआउटका आधारमा ५ ओभरको खेल खेल्नेछन् । प्रतियोगिताबाट उठेका सम्पूर्ण रकम परोपकारी संस्थाहरुलाई हस्तान्तरण गरिनेछ ।

प्रतियोगितामा सहभागी हुनका लागि प्रत्येक टोलीले कम्तिमा एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्ने हुन्छ । यसबाहेक कोष खडा गर्नका लागि हरेक खेलमा डक आउट, गोल्डेन डक आउट र डक आउट भएपछि पहिरिनुपर्ने डक मेडल नलगाउने खेलाडीले जरिवाना तिर्नेछन् भने अक्सनका लागि बिभिन्न क्रिकेट सम्बन्धि सामग्रिहरु पनि राखिनेछ।

“हामीले लामो समयदेखि यो प्रतियोगिता सञ्चालन गर्दै आइरहेका छौं । पोखरा नेपालकै सबैभन्दा सुन्दर पर्यटकिय शहर रहेको कारणले यहा गर्ने जमर्को गरेका हो । गत बर्ष थाइल्याण्डमा यो प्रतियोगिता गरिरँहदा हामी देविबासको सम्पर्कमा आएका थियौं । वहाहरुले प्रतियोगिता आयोजना गर्ने रुचि देखाएपछि यहाँ गर्न तयार भएका हौ,” टुरका दुई मध्येका एक संस्थापक तथा अध्यक्ष माइकल माहेरले नेपाल टुरिज्म बोर्डमा आयोजित कार्यक्रममा भने ।

माहेरका अनुसार प्रतियोगिता आयोजनका गर्नका लागि निकै ठूलो रकमको आवश्यकता हुने र प्रायोजकहरुको टुँगो लागिसकेपछि टिमसँग दर्ता शुल्क निर्धारण गर्ने जानकारी दिए । नेपालमा हुन गइरहेको ५३ औं संस्करणसम्म आइपुग्दा टुरले थाइल्याण्ड, मकाउ, फिलिपिन्समा यो प्रतियोगिता आयोजना गरिसकेको छ ।

नेपाल पर्यटन बर्ष २०२० लाई मध्येनजर गर्दै प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले पनि साथ दिएको छ । देविबासका प्रबन्ध निर्देशक देवेन्द्र आचार्यले प्रतियोगिता रोमाञ्चक हुने अपेक्षा राखे-

“हामीले यसअघि पनि अण्डर १६ स्कुल क्रिकेट र मारवाडी प्रिमियर लिगको आयोजना गरिसकेका छौं । यो प्रतियोगिता नेपालमा गराउन हामीले लामो समयदेखि कसरत गरिरहेका थियो । पोखरामा हुने क्रिकेट सेभेन्स निकै नै रोमाञ्तक हुनेमा हामी आशावादी छौं,” आचार्यले बताए ।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]