एसिया कपका लागी १७ सदस्यीय नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घले एसिया कप क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । सोमबार क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

घोषित टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

एसिया कप क्रिकेटका १६ औँ संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित ६ वटा राष्ट्र सहभागी छन् । एसियाका टेस्ट खेल्ने राष्ट्रहरू पनि एसिया कपमा सहभागी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा दुई बलिया टोली भारत र पाकिस्तान पनि छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान परेका छन् । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र पाकिस्तानबीच हुनेछ । उक्त खेल मुल्तानमा खेलिने छ ।

यसैगरी नेपालले दोस्रो खेल सेप्टेम्बर ४ तारिखमा श्रीलङ्काको केन्डीमा भारतसँग खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy