एसिया कपको खेलतालिका सार्वजनिक, नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने मौका

  • विकेटनेपाल, श्रावण ९ – बुधबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०१८ को एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ। मंगलबार जारि गरेको खेलतालिका अनुसार प्रतियोगिता सेप्टेम्बर १५ तारिख देखि २८ तारिखसम्म संयुक्त अरब इमिरेट्स ( युएई ) मा चल्ने छ।

प्रतियोगितामा सहभागी हुने ६ टिमहरु मध्ये ५ टेस्ट टिमहरुको उपस्थिति पक्का भईसकेको छ जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् भने अन्तिम एक स्थानको लागि एसिया कप छनौट प्रतियोगिताको आयोजना हुनेछ। छनौट प्रतियोगितामा नेपाल सहित हंगकंग, युएई, सिंगापुर, ओमान र मलेसिया रहेका छन्।

समूह ए: भारत, पाकिस्तान, छनौट प्रतियोगिताको विजेता
समूह बि: श्रीलंका, बंगलादेश, अफगानिस्तान

भारत र पाकिस्तानसँग खेल्ने मौका

एसिया कपको खेलतालिका अनुसार छनौट प्रतियोगिताको बिजेताले समूह चरणमा पुर्व-विजेता भारत र पाकिस्तानको सामना गर्नेछ। छनौट प्रतियोगिता सेप्टेम्बरमा भारतमा आयोजना हुने बताईएको छ। नेपाललाई एसिया कपमा भारत र पाकिस्तानको सामना गर्नु अघि एसिया कप छनौट प्रतियोगितामा हंगकंग, युएई, सिंगापुर, ओमान र मलेसियाको सामना गर्दै प्रतियोगिताको उपाधी जित्नुपर्ने हुन्छ। यदि यस्तो भएको खण्डमा नेपाल र एसिया कपमा भारत र पाकिस्तानसंग खेल्ने मौका पाउनेछ।

यस्तो छ खेलतालिका:

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy