एसिया कपको खेलतालिका सार्वजनिक, नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने मौका

nepal cricket team
  • विकेटनेपाल, श्रावण ९ – बुधबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०१८ को एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ। मंगलबार जारि गरेको खेलतालिका अनुसार प्रतियोगिता सेप्टेम्बर १५ तारिख देखि २८ तारिखसम्म संयुक्त अरब इमिरेट्स ( युएई ) मा चल्ने छ।

प्रतियोगितामा सहभागी हुने ६ टिमहरु मध्ये ५ टेस्ट टिमहरुको उपस्थिति पक्का भईसकेको छ जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् भने अन्तिम एक स्थानको लागि एसिया कप छनौट प्रतियोगिताको आयोजना हुनेछ। छनौट प्रतियोगितामा नेपाल सहित हंगकंग, युएई, सिंगापुर, ओमान र मलेसिया रहेका छन्।

समूह ए: भारत, पाकिस्तान, छनौट प्रतियोगिताको विजेता
समूह बि: श्रीलंका, बंगलादेश, अफगानिस्तान

भारत र पाकिस्तानसँग खेल्ने मौका

एसिया कपको खेलतालिका अनुसार छनौट प्रतियोगिताको बिजेताले समूह चरणमा पुर्व-विजेता भारत र पाकिस्तानको सामना गर्नेछ। छनौट प्रतियोगिता सेप्टेम्बरमा भारतमा आयोजना हुने बताईएको छ। नेपाललाई एसिया कपमा भारत र पाकिस्तानको सामना गर्नु अघि एसिया कप छनौट प्रतियोगितामा हंगकंग, युएई, सिंगापुर, ओमान र मलेसियाको सामना गर्दै प्रतियोगिताको उपाधी जित्नुपर्ने हुन्छ। यदि यस्तो भएको खण्डमा नेपाल र एसिया कपमा भारत र पाकिस्तानसंग खेल्ने मौका पाउनेछ।

यस्तो छ खेलतालिका:





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]