पाकिस्तानको रोमान्चक जित, रोकियो अफगानिस्तानको बिजयी यात्रा

  • विकेटनेपाल – असोज ६

अत्यन्त रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै एसिया कपको सुपर-४ चरणमा जितको साथ सुरुवात गरेको छ।

एसिया कप २०१८ अन्तर्गत अफगानिस्तानको यो पहिलो हार हो। यसअघि समुह चरणका दुई खेलमा अफगानिस्तानले श्रीलंकालाई ९१ रनले तथा बंगलादेशलाई १३६ रनले पराजित गरेको थियो। पाकिस्तानले भने हंगकंगलाई ८ विकेटले पराजित गर्दा भारतसंग ८ विकेटको हार बेहोरेको थियो।

रोमान्चक जितमा मलिकको शानदार इनिंग  

पहिले ब्याटिंग गर्दै अफगानिस्तानले २५८ रनको लक्ष्य दिएपछि पाकिस्तानको जित मुस्किल मानिएको थियो र भयो पनि त्यस्तै।

अन्तिम ४ ओभरमा पाकिस्तानलाई जितको लागि ३९ रन आवस्यक थियो र हातमा थियो ५ विकेट। ४७ औं ओभरमा रासिद खानलाई अलिले छक्का प्रहार गरे भने लगत्तै बलमा विकेट पनि दिए। त्यसपछि ३ ओभरमा २९ रन आवस्यक हुँदा भर्खर क्रिजमा आएका ब्याट्सम्यान मोहम्मद नवाजले अफ्ताब आलमको ओभरको पाँचौ बलमा छक्का प्रहार गरे। अब जितको लागि २ ओभरमा १८ रन आवस्यक थियो।

 

४९ औं ओभर बलिङ्ग गर्न आएका राशिद खानले तेश्रो बलमा नवाजको विकेट लिए भने त्यसलगत्तै बलमा हसन अलिले छक्का हिर्काउदा ४९ ओभर सकिदा स्कोर २४८/७ पुग्यो। अब अन्तिम ओभरमा जितको लागि १० रन चाहिएको थियो।

अन्तिम ओभर बलिङ्ग गर्न दायाँ हाते पेसर अफ्ताब आलम आए जसले त्यस अघि गरेको ९ ओभरमा ५४ रन खर्चेर विकेट बिहिन रहेका थिए। ओभरको पहिलो बल खेल्दै थिए शोयब मलिक।

पहिलो बलमा आलमको योर्करमा मलिक रन लिन असफल रहे। ५ बलमा अब १० रन आवस्यक थियो।दोश्रो बलमा भने आलमले गरेको सर्ट बललाई मलिकले गल्ति नगरी दर्शक भए ठाउँमा पुर्याईदिए। छक्का ! पछि अब ४ बलमा जितको लागि आवस्यक थियो ६ रन।

ओभरको तेश्रो बलमा आलमले लेग स्टम्पको दिशामा दिएको अर्को खराब बललाई मलिकले गल्ति नगरी फाइन लेगमा चौका प्रहार गरे र पाकिस्तानलाई ३ बल बाँकी रहँदै रोमान्चक जित दिलाए।

प्लेयर अफ द म्याच चुनिएका मलिकले अविजित ५१ रन प्रहार गरे जुन क्रममा ४३ बलमा १ छक्का र ३ चौका प्रहार गरे।

यस अघि अफगानिस्तानले दिएको २५८ रनको लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरको अन्तिम बलमा ओपनर फखर जमान (०) लाई गुमाएको पाकिस्तानको इनिंगलाई सम्हाल्न दोस्रो विकेटका लागि इमाम र बाबरले १५४ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटका रुपमा इमाम आउट हुनुअघि उनले १०४ बलको सामना गर्दै ५ चौका र १ छक्का सहित ८० रन जोडे।

इमामको विकेटपछि टोलीको खातामा मात्र ४ रन जोडिंदा बाबर समेत राशिद खानको शिकार बन्न पुगे। मोहम्मद सेहेजादबाट सट्म्पिंग हुँदासम्म बाबरले ९४ बलमा ४ चौका र १ छक्का सहित ६६ रन जोडीसकेका थिए।

अफगानिस्तानको बलिंगतर्फ राशिद खानले सर्वाधिक ३ (१०-०-४६-३) तथा मुजिब उर् रहमानले २ (१०-२-३३-२) विकेट लिएपनि आफ्नो टोलीको हार टार्न सकेनन्। यस्तै गुल्बद्दीन नैबको नाममा १ विकेट रह्यो।

 

पहिलो इनिंग :

शेख जायद स्टेडियममा टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५७ रनको योगफल तयार गरेको थियो।

सुरुवात उत्कृस्ट हुन नसकेको अफगानिस्तानइनिंगलाई तेश्रो विकेटको लागि रहमत शाह र हश्मतुल्लह शाहिदीले ६३ रनको साझेदारी गर्दै उकासेका थिए। ओपनर मोहम्मद शहजाद ( २० ) इह्सानउल्लाह ( १० ) र रहमत शाह ( ३६ ) लाई मोहम्मद नवाजले पेभेलियन फर्काएका थिए।

तेश्रो विकेट पछि पनि शाहिदीले एउटा किनार सम्हालिरहे र चौथो विकेटको लागि कप्तान अस्घर अफगानसंग ९४ रनको साझेदारी गरेका थिए। अफगान ६७ रन ( ५६ बल, ५ छक्का र २ चौका ) बनाएर आउट भएका थिए। त्यसपछि ३ विकेट थोरै अन्तरमा गुमे पनि शाहिदीले सातौँ विकेटको लागि गुल्बदीन नैबसंग ४५ रनको साझेदारी गर्दै स्कोरलाई २५० पार गराएका थिए।

करियरकै सर्वाधिक रन बनाउने क्रममा शाहिदीले अविजित ९७ रनको इनिंग खेले जुन क्रममा ११८ बलमा ७ चौका प्रहार गरे। नैबले अविजित १० रन बनाए।

पाकिस्तानको लागि मोहम्मद नवाजले सर्वाधिक ३ ( १०-१-५७-३ ) तथा शाहिन अफ्रिदीले २ ( १०-०-३८-२ ) तथा हसन अलिले १ विकेट हात पारे।

 

सुपर-४ चरण अन्तर्गत आइतबार हुने २ वटा खेलहरुमा भारत र पाकिस्तान तथा अफगानिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। सुपर-४ चरणमा सबै टिमले एक-अर्का संग खेलीसकेपछि उत्कृस्ट हुने २ टिम फाइनल प्रवेश गर्नेछ। फाइनल खेलमा सेप्टेम्बर २८ तारिक शुक्रबार खेलिनेछ।

Photos and Graphics : ACC 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]