- विकेटनेपाल, चैत्र २७ – मंगलबार
सन् २०१८ मा भारतमा आयोजना हुने भनिएको एसिया कप क्रिकेट भारतबाट संयुक्त अरब ईमिरेट्स (युएई) मा सरेको छ । प्रतियोगिता सेप्टेम्बर १३ तारिख देखि २८ तारिखसम्म हुनेछ। एसियन क्रिकेट काउन्सिलले जारि गरेको प्रेश बिज्ञप्ती अनुसार भारतमा आयोजना हुने भनिएको प्रतियोगिता पाकिस्तानसँगको सम्बन्धको कारणले युएईमा सारिएको जनाएको छ।
भारतलेनै युएईका दुई मैदानहरु दुबई र अबुधाबीमा आयोजना गर्ने प्रतियोगितामा ६ टोलीहरुको सहभागीता रहने छ। सहभागी टिमहरुमा टेस्ट रास्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंग्लादेश र अफगानिस्तान रहेका छन्। छैठौ टिम छनौट गर्न एसिया कप भन्दा अगाडी छनौट प्रतियोगिताको आयोजना हुने छ जसमा नेपाल, युएई, हंगकंग, ओमान, सिंगापुर र मलेसिया सहभागी हुनेछन्। प्रतियोगिताको खेलतालिका र अन्य जानकारी भने अझै सार्वजनिक गरिएको छैन ।
यस्तै एसीसी ईमर्जिंग टिम्स कपको आयोजना पाकिस्तानले गर्ने भएको छ जसलाई श्रीलंकाले को-होस्टको रुपमा साथ दिंदैछ। प्रतियोगिता भारत बाट सार्नुको मुख्य कारण भारतले ईमर्जिंग टिम्स कपमा आफ्नो टिम पाकिस्तान पठाउनु पर्ने अन्यथा पाकिस्तानले पनि टिम नपठाउने रहेको छ । यसअघि ईमर्जिंग टिम्स कप अप्रिलमा आयोजना गर्ने भनीए पनि डिसेम्बरको लागि सारिएको छ। इमर्जिंग कपमा टेस्ट रास्ट्रको २३ बर्ष मुनिको टिम खेल्नेगर्छन्।
एसियाकप क्रिकेट सन् १९८३ बाट सुरु भएको थियो जसको १४ औं संस्करण युएईमा आयोजना हुँदैछ । प्रतियोगिताको पहिलो संस्करण जितेको भारतले ६ पटक उपाधी हात पारिसकेको छ भने श्रीलंकाले ५ र पाकिस्तानले २ पटक उपाधी जितेका छन्। सन् २०१४ सम्म एकदिवसीय फर्म्याटमा आयोजना हुँदै आएको प्रतियोगितामा त्यसपछि प्रत्येक २/२ वर्षमा एकदिवसीय र टी- २० फर्म्याटमा गरिने भएको छ।
सन् २०१६ भएको टी-२० एसियाकप जुन छोटो फर्म्याटको पहिलो एसिया कप थियो जसमा भारतले जित हात पारेको थियो ।