एसिया कप फाइनलमा भारत र बंगलादेश भिड्दै

  • विकेटनेपाल,असोज १२   

१४ औं संस्करणको एसिया कप प्रतियोगिताको फाइनल खेलमा आज बेलुका भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।

एसिया कपको नवौं पटक फाइनलको यात्रा गरेको भारत र तेश्रो पटक फाइनल पुगेको बंगलादेश बीच युएईको दुबाई इन्टरनेसनल स्टेडियममा खेल हुनेछ। खेल नेपाली समय ५:१५ बजे बेलुका सुरु हुनेछ।

एसिया कपमा भारतले हालसम्म पछिल्लो ( २०१६ ) को संस्करण सहित कुल ६ पटक उपाधि जितेको छ भने बंगलादेश २०१२ र २०१६ मा फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन। एसिया कपको पछिल्लो संस्करण ( टि-२० ) फाइनलमा भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो। पछिल्लो हारको बदला लिने लक्ष्य सहित बंगलादेश फाइनल खेल्न उत्रनेछ।

प्रतियोगितामा भारतको प्रदर्शन 

समुह चरणमा भारतले हंगकंग र पाकिस्तानलाई पराजित गर्दै सुपर-४ चरणमा स्थान बनाएको थियो। त्यसपछि सुपर-४ चरणमा पाकिस्तान  र बंगलादेशलाई पराजित गरेको भारतले अफगानिस्तानसंग बराबरी खेल्दा सुपर-४ चरणको उत्कृस्ट टिमको रुपमा फाइनल पुगेको हो।

समुह चरण –  बिरुद्ध हंगकंग – २६ रनले बिजयी , बिरुद्ध पाकिस्तान – ८ विकेटले बिजयी
सुपर ४ चरण – बिरुद्ध बंगलादेश – ७ विकेटले बिजयी, बिरुद्ध पाकिस्तान विकेटले बिजयी , बिरुद्ध अफगानिस्तान – बराबरी

बंगलादेशको प्रदर्शन 

बंगलादेशले समुह चरणमा श्रीलंका र अफगानिस्तानलाई पराजित गर्दै सुपर-४ यात्रा तय गरेको थियो। सुपर-४ चरणमा भारत पराजित भएपछि दोश्रो खेलमा अफगानिस्तान तथा तेश्रोमा पाकिस्तानलाई पराजित गर्दै बंगलादेशले फाइनल यात्रा तय गरेको हो।

समुह चरण – बिरुद्ध श्रीलंका – १३७ रनले बिजयी, बिरुद्ध अफगानिस्तान – १३६ रनले बिजयी
सुपर-४ चरण – बिरुद्ध भारत – ७ विकेटले पराजित, बिरुद्ध अफगानिस्तान – ३ रनले बिजयी , बिरुद्ध पाकिस्तान – ३७ रनले बिजयी

भारत टिम – रोहित  शर्मा ( कप्तान ) ,शिखर धवन, अम्बाती रायडु, एमएस धोनी, दिनेश  कार्तिक,केदार जाधब , रभिन्द्र जडेजा, भुवनेश्वर कुमार , कुलदिप यादब, जस्प्रित बुम्रा, युज्भेन्द्र चाहल, लोकेश  राहुल,मनिष  पाण्डे,दिपक चाहर, सिद्धार्थ कौल, खलिल एहमद

बंगलादेश टिम – लिटन दास, सौक्य सरकार , मोमिनुल हक, मुश्फिकर रहिम, मोहम्मद मिथुन , इम्रुल केयस, महम्दुल्लह, मेहदी हसन, मश्रफे मुर्तजा ( कप्तान ), रुबेल हुसेन , मुस्ताफिजुर रहमान, अबु हैदर रोनी, नज्मुल हुसेन , नज्मुल इश्लाम, मोसद्देक हुसेन , अरिफुल हक





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]