एसिया कप छनौट मलेसियामा आयोजना हुने

  • विकेटनेपाल, श्रावण ११ – शुक्रबार

यसअघि भारतमा आयोजना हुने भनिएको एसिया कप छनौट प्रतियोगिता मलेसियामा आयोजना हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले यहि अगस्ट २७ तारिख देखि सेप्टेम्बर ७ तारिखसम्म प्रतियोगिता मलेसियामा सन्चालन हुने घोषणा गरेको हो।एसीसीले खेलतालिका सार्वजनिक गरेको छैन।

एसिया कप छनौटमा संयुक्त अरब इमिरेट्स (युएई), नेपाल, हंगकंग, ओमान, सिंगापुर र आयोजक मलेसियाको सहभागीता रहनेछ। प्रतियोगिताको विजेताले १५ सेप्टेम्बर देखि २८ सम्म युएईमा आयोजना हुने एसिया कपमा सहभागी हुन पाउने छ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। इमर्जिङ्ग टिम्स एसिया कपमा एसियाली टेस्ट राष्ट्रका २३ बर्ष मुनिका खेलाडीहरुले सहभागिता जनाउनेछन्।

एसिया कपमा एसियाली टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान र छनौट प्रतियोगिताबाट जाने एक टिम खेल्नेछन्।

एसिया कपको समुह बिभाजन 

समूह ए: भारत, पाकिस्तान, एसिया कप छनौट प्रतियोगिताको विजेता
समूह बि: श्रीलंका, बंगलादेश, अफगानिस्तान

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy