एसिया कप छनौट मलेसियामा आयोजना हुने

  • विकेटनेपाल, श्रावण ११ – शुक्रबार

यसअघि भारतमा आयोजना हुने भनिएको एसिया कप छनौट प्रतियोगिता मलेसियामा आयोजना हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले यहि अगस्ट २७ तारिख देखि सेप्टेम्बर ७ तारिखसम्म प्रतियोगिता मलेसियामा सन्चालन हुने घोषणा गरेको हो।एसीसीले खेलतालिका सार्वजनिक गरेको छैन।

एसिया कप छनौटमा संयुक्त अरब इमिरेट्स (युएई), नेपाल, हंगकंग, ओमान, सिंगापुर र आयोजक मलेसियाको सहभागीता रहनेछ। प्रतियोगिताको विजेताले १५ सेप्टेम्बर देखि २८ सम्म युएईमा आयोजना हुने एसिया कपमा सहभागी हुन पाउने छ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। इमर्जिङ्ग टिम्स एसिया कपमा एसियाली टेस्ट राष्ट्रका २३ बर्ष मुनिका खेलाडीहरुले सहभागिता जनाउनेछन्।

एसिया कपमा एसियाली टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान र छनौट प्रतियोगिताबाट जाने एक टिम खेल्नेछन्।

एसिया कपको समुह बिभाजन 

समूह ए: भारत, पाकिस्तान, एसिया कप छनौट प्रतियोगिताको विजेता
समूह बि: श्रीलंका, बंगलादेश, अफगानिस्तान

 





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]