ओमानको संघर्ष, हंगकंगको कम्ब्याक, युएईको शान ( एसिया कप छनौट-दोश्रो दिन )

  • विकेटनेपाल, भदौ १४

मलेसियामा जारि एसिया कप छनौट अन्तर्गतको दोस्रो दिन बिहिबार ३ खेल सम्पन्न भएका छन्। बिहिबार सम्पन्न आआफ्ना खेलमा युएई, ओमान र हंगकंगले जित दर्ता गर्दा नेपाल, सिंगापुर र मलेसियाभने पराजित भए। प्रतियोगिताको पहिलो दिन मलेसिया, ओमान र युएईले जित हात पारेका थिए।

दोश्रो दिनको खेल पछि अंक तालिकामा २/२ जित सहित नेट-रन रेटको आधारमा युएई र ओमान शिर्ष २ स्थानमा छन् भने १ जित र १ हार बेहोरेको हंगकंग र मलेसिया तेश्रो र चौथो तथा दुवै खेलमा हार बेहोर्दै नेपाल र सिंगापुर पाँचौ र छैठौ स्थानमा छन्। समुह चरणमा शिर्ष २ स्थानमा रहने टिमले प्रतियोगिताको फाइनलमा स्थान बनाउने छ र फाइनल जित्ने टिम एसिया कप खेल्न छनौट हुनेछ।

बिहिबार सम्पन्न खेलहरुको नतिजा 

पहिलो खेल : नेपाल vs युएई  – किनरारा ओभल मैदानमा आफ्नो दोस्रो जित हात पार्न युएईले नेपाललाई ७८ रनले पराजित गर्यो। टस हारेर ब्याटिंगको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट २५४ रन जोडेको थियो। उसका चिराग सुरीले सर्वाधिक ६५ रन जोड्दा नेपालका सन्दिप लामिछानेले ४ विकेट लिएका थिए। जवाफमा लक्ष्य पिछा गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १७६ रन मात्र जोड्न सक्यो। सुबाश खकुरेलले सर्वाधिक ५० रन बनाउंदै एक दिवसीय करियरको पहिलो अर्ध-शतक बनाएपनि त्यो जितका लागि पर्याप्त भएन। युएईका अहमद राजाले सर्वाधिक ४ विकेट लिए।

दोस्रो खेल : सिंगापुर vs हंगकंग – क्वालालम्पुरमा सम्पन्न खेलमा प्रतियोगिताको पहिलो जित हात पार्दा हंगकंगले सिंगापुरलाई ५ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै सिंगापुरले दिएको १५१ रनको लक्ष्य हंगकंगले खेल सकिन ९४ बल अगावै पुरा गर्यो। उसको जितमा किन्चित साहले सर्वाधिक ४७ रन जोडे। सिंगापुरको बलिंगतर्फ सिल्लाडोरे बिजयकुमारले सर्वाधिक ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्।यसअघि पहिले ब्याटिंग गरेको सिंगापुरले ४१.२ ओभरमा अलआउट हुँदा १५० रन जोडेको थियो। उसको इनिंगमा अभिराज सिंहले सर्वाधिक ४२ रन जोडेका थिए। सिंगापुरलाई सस्तैमा समेट्न हंगकंगका नदीम अहमदले ४ विकेट चट्काएका थिए।

तेस्रो खेल : मलेसिया vs ओमान – दिनको तेस्रो खेलमा ओमानले मलेसिया बिरुद्ध अन्तिम ओभरमा २ विकेटको रोमान्चक जित दर्ता गर्यो। पहिले ब्याटिंग गर्दै मलेसियाले दिएको १९९ रनको लक्ष्य ओमानले खेल सकिन ४ बल बाँकी रहंदा ८ विकेट गुमाउंदै भेट्टायो।

उसको जितमा अजय लाल्चेताले सर्वाधिक ४४ रन जोडे। मलेसियाको बलिंगमा अब्दुल राशिद अहदले ४ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन।पहिले ब्याटिंग गरेको मलेसियाले भने भिरन्दिप सिंहको ७४ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाएर १९८ रन जोडेको थियो। ओमानको बलिंगमा बिलाल खान र अहमद बटले समान ३-३ विकेट लिएका थिए।

फोटोहरूमा दोश्रो दिनको खेलहरु ( फोटोहरु – एसीसी )

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy