सन्दिप खेल्ने एसिया-११ र विश्व-११ बीचको खेल कोरोनाको कारण सर्यो

बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने बिश्व-११ र एसिया-११ बीच दुइ वटा टि-२० अन्तर्रास्ट्रियको सिरिज कोरोना भाइरसको कारण सर्ने भएको छ। मार्च २१ र २२ तारिकमा निर्धारित गरिएको तालिकामा खेल अनिश्चित समयको लागि सारिएको हो।

नेपाली स्पिनर सन्दिप लामिछाने उक्त सिरिजमा एसिया-११ को प्रतिनिधित्व गरेर खेल्ने निश्चित भएको थियो। सन्दिप एकमात्र एसोसिएट रास्ट्रको प्रतिनिधिको रुपमा टिममा रहेका थिए।

बंगलादेश क्रिकेट बोर्डले आफ्नो प्रथम राष्ट्रपति तथा बंगलादेश देशको संस्थापक नेता स्वर्गीय शेख मुजिबुर रहमानको सयौं जन्मदिनको अवसरमा सिरिज आयोजना गरिएको थियो।

बंगलादेश बोर्डले बुधबार प्रेस बिज्ञप्ति जारि गर्दा कोरोनाका कारण खेलाडीहरु सिरिजमा सहभागी गराउन समस्या भएको बताएको छ। अब केहि महिनापछि उचित समयमा सिरिज पुनः आयोजना गर्ने समेत बोर्डले बताएको छ।

गत साता मात्रै नेपालमा आयोजना हुन लागेको एभरेस्ट प्रिमियर लिग कोरोनाको त्रासको कारण अनिश्चितकालीन समयको लागि सारिएको थियो। 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]