सन्दिप खेल्ने एसिया-११ र विश्व-११ बीचको खेल कोरोनाको कारण सर्यो

बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने बिश्व-११ र एसिया-११ बीच दुइ वटा टि-२० अन्तर्रास्ट्रियको सिरिज कोरोना भाइरसको कारण सर्ने भएको छ। मार्च २१ र २२ तारिकमा निर्धारित गरिएको तालिकामा खेल अनिश्चित समयको लागि सारिएको हो।

नेपाली स्पिनर सन्दिप लामिछाने उक्त सिरिजमा एसिया-११ को प्रतिनिधित्व गरेर खेल्ने निश्चित भएको थियो। सन्दिप एकमात्र एसोसिएट रास्ट्रको प्रतिनिधिको रुपमा टिममा रहेका थिए।

बंगलादेश क्रिकेट बोर्डले आफ्नो प्रथम राष्ट्रपति तथा बंगलादेश देशको संस्थापक नेता स्वर्गीय शेख मुजिबुर रहमानको सयौं जन्मदिनको अवसरमा सिरिज आयोजना गरिएको थियो।

बंगलादेश बोर्डले बुधबार प्रेस बिज्ञप्ति जारि गर्दा कोरोनाका कारण खेलाडीहरु सिरिजमा सहभागी गराउन समस्या भएको बताएको छ। अब केहि महिनापछि उचित समयमा सिरिज पुनः आयोजना गर्ने समेत बोर्डले बताएको छ।

गत साता मात्रै नेपालमा आयोजना हुन लागेको एभरेस्ट प्रिमियर लिग कोरोनाको त्रासको कारण अनिश्चितकालीन समयको लागि सारिएको थियो। 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy