एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

२०८० आश्विन ७, आईतवार १०:५५

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका बीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएका हुन् । क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो ।

नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलङ्का वा बङ्गलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

यसअघि एसिया कप खेलेको टिमलाई केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली बनाइएको छ । विकेटकिपर विनोद भण्डारी, अलराउण्डर विवेककुमार यादव र फास्ट बलर अविनाश बोहराले टिममा पुनरागमन गरेका छन् ।

एसियाडका लागि नेपाली टिममा विनोद र आसिफ दुई विकेटकिपर छन् । कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप जोरा अनुभवी ब्याटर छन् भने दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र विवेक यादव अलराउण्डर छन् ।

सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा फास्ट बलर तथा सन्दीप लामिछाने स्पिनरको भूमिका छन् ।ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् । अभ्यासका क्रममा उनलाई चोट लागेपछि शल्क्रिया गरिएको छ ।

विदाई कार्यक्रमको भिडियो 

https://www.youtube.com/watch?v=elBx8D3pZiU

https://www.youtube.com/watch?v=SYTvFd1jd5w

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy