पाकिस्तानी क्रिकेटर आसिफ अलिकी छोरीको निधन

२०७६ जेष्ठ ६, सोमबार १५:३६

  • विकेटनेपाल, जेठ ६ – सोमबार

पाकिस्तान राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ अलिको छोरीको निधन भएको छ। केहि समयदेखि क्यान्सरसँग लडिरहेकी छोरीको निधन पाकिस्तानको इंग्ल्याण्डसंग आइतबार राति भएको पाचौं एकदिवसीय खेल सकिएको केहि समयपछी भएको थियो।

२ बर्षीय छोरी नुर फतिमा क्यान्सरको चौथो तथा अन्तिम चरणमा रहेकि थिईन्। उनकी छोरीको निधन भएको कुरा उनको पाकिस्तान सुपर लिग टिम इस्लामावाद युनाइटेडले ट्विटरमार्फत जनाएको थियो। उसले लेखेको छ:

“आसिफ अलिको छोरीको निधन भएकोमा इस्लामावाद युनाइटेड हार्दिक समवेदना प्रकट गर्दछ। हामि भगवानसँग उनको परिवारलाई सहन सक्ने क्षमता दिनको लागि प्रार्थना गर्छौं। आसिफ हामि सबैको लागि ठुलो उदाहरण हुन्, उनि प्रेरणाका स्रोत हुन्”।

इस्लामावादका प्रशिक्षक डिन जोन्सले पनि समवेदना प्रकट गर्दै ट्विट गरेका छन्।

मे ३० तारिखदेखि इंग्ल्याण्डमा आयोजना हुन लागेको विश्वकपको लागि पाकिस्तानले घोषणा गरेको १५ सदस्यीय अन्तिम टिममा परेपनि दुखद समयमा परिवारसँगै रहन २७ बर्षीय अलि केहि दिनको लागि घर फर्कदैछन्।

शनिबार इंग्ल्याण्ड बिरुद्दको खेलमा उनले ७ नम्बरमा ब्याटिंग गर्दै ३५२ रनको लक्ष्य पछ्याउने क्रममा २२ रन बनाएका थिए। हार्ड हिटरको पहिचान बनाएका उनले दुई अर्धशतक समेत बनाउंदै सिरिजका सम्पूर्ण ५ खेल खेले। पाकिस्तान ५ खेलको एकदिवसीय सिरिजमा ४-० ले पराजित भयो भने पहिलो खेल बर्षाले रद्द भयो।

उनले इंग्ल्याण्ड भ्रमणमा जानुअघि छोरी क्यान्सरको चौथो स्टेजमा पुगेको र उपचारको लागि अमेरिका पठाएको जनाएका थिए।

पाकिस्तानले सोमबार घोषणा गरेको विश्वकप खेल्ने टोलीमा आसिफ अलिको समेत नाम परेको हो। यस अघि घोषित प्रारम्भिक सुचिमा नअटाएका आसिफसंगै पाकिस्तानको विश्वकप टोलीमा मोहम्मद आमिर र वहाब रियाजले समेत स्थान बनाएका छन्।

पाकिस्तान टोली : सरफराज अहमद (कप्तान). फखर जमान, इमाम-उल-हक, बाबर आजम, आसिफ अली, शाहीन अफरीदी, हसन अली, वहाब रियाज, मोहम्मद हसनैन, शादाब खान, शोएब मलिक, मोहम्मद आमिर, मोहम्मद हफीज, इमाद वसीम, हरिस सोहेल

विश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेल मे ३१ तारिकमा वेस्ट इन्डिजसंग खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy