आसिफ इलाइट मुभर्स एजुकेसनको ब्रान्ड एम्बासडर

२०८१ असार २९, शुक्रबार १८:११

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।

हाललाई यो सम्झौता २ वर्षका लागि रहेको र आवश्यकता परेमा आपसी समझदारीमा सम्झौता बढाउदै लैजाने संस्थाले बताएको छ ।

सम्झौतापछि आशिफले विभिन्न माध्यमबाट संस्थाका गतिविधिको प्रचारप्रसारमा सहयोग गर्नेछन् । संस्थाले सम्झौता रकम भने खुलाएको छैन ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy