यसरी पुग्न सक्छ नेपाल एसिया कप छनौटको फाइनल ( गणितीय विश्लेषण )

Nepal Cricket Team
  • विकेटनेपाल, भदौ १८ 

ओमान र युएई बिरुद्ध लगातार दुई हार सहित एसिया कप छनौट प्रतियोगिता सुरु गरेको नेपाललाई एसिया कप छनौटको फाइनलसम्मको यात्रा तय गर्नु कठिन छ। यद्धपि समुह चरणका अन्तिम खेलहरु बाँकी रहंदा नेपालले फाइनलको यात्रा तय गर्न गणितीय सम्भावना भने बाँकीनै रहेको छ। गणितीय रुपमा सम्भब देखिए पनि फाइनल पुग्ने नेपालको आशा वास्तविकतामा भने भगवान भरोसामा छ।

नेपाल अहिले अंक तालिकाको चौथो स्थानमा रहेको छ। सिंगापुर बिरुद्धको खेलमा पाएको १५२ रनको लक्ष्य चांडै पुरा गर्न नसक्दा नेपालले आफ्नो नेट रनरेटमा ठुलो सुधार गर्न सकेन। यदि नेपालले सो लक्ष्य १७ ओभरको वरपर भेट्टाउन सफल रहेको भए नेपालको नेट रन रेट +०.५३ को अवस्थामा पुग्ने थियो। “गर या मर “ को अवस्थामा समेत टोलीमा आक्रामक ब्याट्सम्यानहरु नछानिनु आश्चर्यको बिषय बन्यो।

लिगको अंकतालिका 

नेपालले अब ओमानबाट युएईलाई पछि पार्दै दोस्रो स्थान लिने आशा राखेको छ। तर यदि युएई र ओमान बिरुद्धको खेलमा युएई बिजयी भए वा खेल हुन नसकेपनि नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। गणितीय सम्भावनालाई हेर्ने हो भने नेपालले अझैपनि हंगकंग र युएईलाई पछि छाड्न सक्छ।

हंगकंग बिरुद्ध नेपालले पहिले ब्याटिंग गरे ; ओमानले युएईसंग पहिले ब्याटिंग गरेको खण्डमा   

यदि ओमान र नेपालले युएई र हंगकंग बिरुद्ध पहिले ब्याटिंग गर्दै ३०० रन बनाएमा जवाफमा दुवै टोलीले बिपक्षिलाई १७५ रन वा सो भन्दा कम स्कोरमा रोक्नु पर्ने हुन्छ। यस्तो भएको खण्डमा नेपालले युएईलाई रन रेटका अधारमा पछि छाड्न सक्छ।

मानौं नेपालले हंगकंग बिरुद्ध र ओमानले युएई बिरुद्ध २५० रन बनाउनेछ र बिपक्षिलाई १२५ रनमा समेट्नेछ :

यस्तो अवस्थामा युएईभन्दा नेपालको रन रेट धेरै हुनेछ। यस प्रतियोगीतामा अहिलेसम्म युएईले सिंगापुर बिरुद्ध ३१२ रन जोड्न बाहेक अन्य टोलीले यो आँकडा छुन सकेका छैनन्। नेपाली ब्याटिंग चल्न नसकेको अवस्थामा र युएईका बलरहरुको प्रदर्शनलाई नियाल्दा दुवै टोलि ओमान र नेपाललाई ३०० रन कटाउन मुस्किल बन्न सक्छ। त्यसैले यदि २५० रन मात्र जोडेर भएपनि बिपक्षि टोलीलाई १२५ रनमा समेट्ने हो भने नेपालको रन रेट माथि जानेछ।

नेपाल र ओमानले यदि पहिले बलिंग गरेमा :

यदि नेपालले पहिले बलिंग गर्दै हंगकंगलाई १५० रनमा रोक्ने हो भने नेपालले सो लक्ष्य १९.५ ओभर भित्र पुरा गर्नु पर्नेछ। यस्तै ओमानले युएईलाई १५० रनमा रोकेमा ओमानले १५१ रनको लक्ष्य २५ ओभरमा जोडेपनि नेपालको रन रेट युएइको भन्दा माथि जानेछ।

तर ओमान अझैपनि फाइनलका लागि छनौट नभएको अवस्थामा उसले १५१ रन जोड्न हतार गर्ने कुनै कारण छैन। यदि हंगकंगले नेपाललाई पराजित गरेमा र ओमान आफु समेत युएई बिरुद्ध पराजित भएमा ओमान समेत प्रतियोगिताबाट बाहिरिने छ। त्यसैले ओमानले आफ्नो जित सुनिस्चित गर्न साधारण तरिकालेनै खेल्नेछ। यदि ओमानले युएई बिरुद्ध पहिले बलिंग गरेमा नेपालको सम्भावना लगभग समाप्त हुन्छ।

प्रतियोगितामा टिमको योगफलहरु :

नेपाल : २२१/९ (५० ओभर) vs ओमान २२४/३ (४८ ओभर)
युएई : २५४/९ (५० ओभर) vs नेपाल १७६ (४८.५ ओभर)
नेपाल : १८८/७ (३० ओभर) vs मलेसिया १६९/९ (३० ओभर)
सिंगापुर १५१ (४२ ओभर) vs नेपाल १५२/६ (२८.१ ओभर)

नेपालले बलिंग गर्दा बिपक्षिलाई औसत २०३ रनको योगफलमा रोकेको छ।

प्रतियोगितामा हंगकंगको नतिजाहरु :-

हंगकंग : १६१ (४६.४ ओभर) vs मलेसिया १६२/७ (४२.५ ओभर)
सिंगापुर : १५० (४१.२ ओभर) vs १५४/५ (३४.२ ओभर)
हंगकंग : २७५/८ (४९ ओभर) vs युएई ९३ (२४.५ ओभर)
ओमान : १८३ (५० ओभर) vs हंगकंग २५/० ( ५ ओभर) (नतिजा नआएको )

हंगकंगले प्रतियोगितामा औसतमा पहिले ब्याटिंग गर्दा २१८ रन जोडेको छ भने पहिले बलिंग गर्दा बिपक्षिलाई १६७ रनमा समेटेको छ।

प्रतियोगितामा युएईको नतिजाहरु :- 

युएई : ३१२/८ (४९ ओभर) vs सिंगापुर ९७ (२५.४ ओभर)
युएई : २५४/९ (५० ओभर) vs नेपाल १७६ (४८.५ ओभर)
हंगकंग : २७५/५ (४९ ओभर) vs युएई ९३ (२४.५ ओभर)
मलेसिया : ९२ (३१.१ ओभर) vs युएई ९३/२ (८.१ ओभर)

युएईले पहिले ब्याटिंग गर्दा २८३ रनको औसत स्कोर जोडेको छ भने पहिले बलिंग गर्दा बिपक्षिलाई १८४ रनमा रोकेको छ।

प्रतियोगितामा ओमानको नतिजाहरु :- 

ओमान : २२४/३ (४८ ओभर) vs नेपाल २२१/९ (५० ओभर)
मलेसिया : १९८/८ (५० ओभर) vs ओमान १९९/८ (४९.२ ओभर)
सिंगापुर : २१५/८ (५० ओभर) vs ओमान २१६/२ (२६.४ ओभर)
ओमान : १८३ (५० ओभर) vs हंगकंग २५/० (५ ओभर)

ओमानले पहिले बलिंग गर्दा औसतमा बिपक्षिलाई २११ रनमा रोकेको छ।

मैदान :

नेपालले युकेएम ओभल मैदानमा हंगकंगको सामना गर्दैछ । सो मैदानमा अहिलेसम्मका खेलको नतिजा यस्तो छ :

UKM Oval Stats

पहिले ब्याटिंग गर्ने टोलीले यो मैदानमा २३४ रनको औसतमा रन जोडेका छन्। दोस्रो ब्याटिंग गर्ने टोलीले २ पटक लक्ष्य पुरा गरेका छन्। नेपालले यहि मैदानमा सिंगापुरलाई १५१ रनमा रोकेको थियो।

यस्तै ओमान र युएई बिचको खेल भने बायुमास ओभल मैदानमा हुनेछ। सो मैदानमा अहिलेसम्म खेलिएका खेलको नतिजा यस्तो छ :

Bayuemas Oval Stats
Bayuemas Oval Stats

पहिले ब्याटिंग गर्ने टोलीले सो मैदानमा १६३ रनको औसतमा रन जोडेका छन्। ४० मध्ये ३८ विकेट लिएको युएईको बिपक्षमा ओमानले ३०० रन जोड्ला वा २५ ओभरमा १५० रनको पिछा गर्ला भन्नु असम्भव हुनसक्छ।

नेपाल अंकगणितीय हिसाबमा फाइनल रेसका लागि कायम रहेपनि फाइनलको ढोका भने नेपालका लागि लगभग बन्द भैसकेको छ। पहिलो २ खेलको खराब प्रदर्शन र सिंगापुर बिरुद्धको सुस्त ब्याटिंगले नेपालको एसिया कप खेल्ने सपनालाई टाढा धकेलेको छ।

( सकुश केसीको अंग्रेजी लेखबाट अनुवादित )





थप समाचार

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]

‘आफुमाथी भैरहेको नियोजित षड्यन्त्रकारीलाई चाडै कानुनी दायरामा ल्याउनेछु’ पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफुमाथि पछिल्लो समयमा सामाजिक संजालबाट आफ्नो चरित्र हत्या गर्ने संस्था […]

विश्वकपका लागि पीएनजी र आयरल्यान्डको टोली घोषणा

काठमाडौं । २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपका लागि आयरल्यान्ड र पपुवा […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]