आश्विन आईपीएलमा पन्जाबबाट पनि बाहिरन सक्ने, आश्विन भारतको प्रमुख स्पिनर हैनन् – हरभजन

भारतीय स्पिनर रवीचन्द्रन आश्विन इन्डियन प्रिमियर लिगको टिम किंग्स इलेभेनको हिस्सा नहुने सम्भावना प्रवल रहेको खबर आएको छ। त्यसो भए वेस्टइन्डिजमा बिरुद्ध जारि पहिलो टेस्टमा अन्तिम-११ मा पर्न असफल आश्विनले छिट्टै अर्को झट्का सहनुपर्ने छ।

पछिल्लो २ सिजन देखि पन्जाबको कप्तानी गरिरहेका आश्विनलाई यो पटक टिमले हिस्सा नबनाउने सोच बनाएको मुम्बईमिररमा शनिवार प्रकाशित खबरमा बताईएको छ। दुवै सिजन पन्जाब प्ले-अफ चरण पुग्न असफल रह्यो।

रिपोर्टको अनुसार आश्विनलाई ट्रेड गर्ने फैसला यसै हफ्ता फ़्रेन्चाइजको बैठकले गर्नेछ। यो बारे कुनै अधिकारिक खबर भने आएको छैन।

आश्विनको कप्तानीमा टिम प्लेअफ पुग्न असफल रहेको छ

श्रोतका अनुसार दिल्ली क्यापिटल्स फ़्रेन्चाइजले आश्विनलाई टिममा लिने मनसाय व्यक्त गरेको छ। यती राजस्थान रोयल्सले पनि पन्जाबलाई युवा अल-राउण्डर कृष्णप्पा गौतमसंग ट्रेड ( साटासाट ) गर्ने प्रस्ताब राखेको छ।

किंग्स  इलेभेनले पछिल्लो हफ्ता मात्रै आफ्नो मुख्य प्रशिक्षक माइक हेसनलाई पदबाट हटाएको थियो जो भर्खरै बिराट कोहली कप्तानीको टिम रोयल च्यालेन्जर्स बैंगलोर टिमको निर्देशकको रुपमा जोडिएका छन्। पन्जाबसंग हाल कोहि प्रशिक्षक रहेका छैनन्। आश्विनलाई कप्तान हटाएको खण्डमा केएल राहुल कप्तान हुने चर्चा रहेको छ।

आश्विनले आईपीएलमा किंग्स-११ को लागि २८ खेल खेल्दा २५ विकेट लिईसकेका छन् भने आईपीएलमा १३९ खेलमा १२५ कुल विकेट लिएका छन्।

आश्विन अब भारतको प्रमुख स्पिनर हैनन् – हरभजन सिंह 

वेस्टइन्डिज बिरुद्ध जारि टेस्ट सिरिजको पहिलो टेस्टमा स्थान नबनाएका रभीचन्द्रन आश्विन टिममा नपर्दा भारतीय टिमका पुर्व अफस्पिनर हरभजन सिंहले प्रतिक्रिया दिएका हुन्।

द टेलिग्राफसंगको कुराकानीमा हरभजनले बताए – “जहाँसम्म विदेश भ्रमणको कुरा छ , टिम व्यवस्थापनलाई लाग्दैन कि आश्विन भारतको प्रमुख स्पिनर हैनन्। पछिल्लो अस्ट्रेलिया टुरको पहिलो टेस्ट पछि उनि घाइते भएका थिए तर पनि उनलाई टिममा कायम राखिएको थियो। त्यस बेला उनि ठिक हुने आशा टिमले राखेको थियो जुन कि भएन। यस्तो कुराले टिम चयन गर्नु अगाडी महत्व राख्छ। एन्टीगुवामा जारि टेस्ट जनवरीमा सिड्नीमा खेलिएको टेस्टपछि भारतको पहिलो टेस्ट हो”

“उनि विदेश टुरमा नराम्रोसंग फेल पनि भएका छन्। उदाहरणकको लागि २०१८ को इन्ग्यांड बिरुद्ध साउथम्पटनमा खेलिएको टेस्टमा मोइन अलिले ९ विकेट लिएका थिए जहाँ आश्विनले मात्र ३ विकेट मात्रै लिन सकेका थिए। दुवै फिंगर स्पिनरबाट प्रदर्शनमा यति फरक”

हरभजनले रभिन्द्र जडेजा अन्तिम-११ मा परेकोमा भने आश्चर्य प्रकट गरे। “यो आश्चर्यजनक छ। मलाई कुलदिप हुनेछन् जस्तो लागेको थियो। अस्ट्रेलिया बिरुद्ध अन्तिम खेलमा ६ विकेट लिएपछि मलाई लागेको थियो कि उनि हाम्रो नम्बर १ स्पिनर हुन्। तर जडेजा धेरै रन दिने बलर हैनन् जुन कुराले छनौटमा महत्व राखेन होला। हामि सबैलाई थाहा छ कि जडेजा पूर्ण ब्याट्सम्यान हुन्”

अन्तर्वार्तामा हरभजनले फिंगर स्पिनर भन्दा रिस्ट स्पिनर राम्रो भन्ने कुरालाई गलत बताएका छन्।

“आजकल यस्तो धारणा बनाईएको छ कि रिस्ट भन्दा फिंगर स्पिनरलाई पढ्न सजिलो भएको छ। क्रिकेटमा हामि १०० वर्ष देखि ब्याट्सम्यानहरु फरवार्ड सर्ट लेग, यहाँ सम्म कि सिली प्वाइन्टमा आउट भएको देखेका थियौं। के अहिले देखिदैन ? यो केवल धारणा मात्र हो। राम्रो स्पिनर राम्रो स्पिनरनै हुन्छ , चाहे फिंगर होस् या रिस्ट”

हरभजनले वर्तमानमा विश्वको उत्कृस्ट स्पिनर बलर को हुन् को जवाफमा अस्ट्रेलियन स्पिनर नाथन लायनको नाम बताए “उनि केहि वर्ष देखि सर्वश्रेष्ठ छन् र निरन्तरता पनि देखाएका छन् , उनि अद्भूत स्पिनर हुन्”





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]