सन्नी पटेलको अल-राउण्ड प्रदर्शन, अत्तरिया डिपीएलको फाइनलमा

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग अन्तर्गत पहिलो क्वालिफायरमा सिवाइसी अत्तरियाले काठमाण्डौ गोल्डेन्सलाई ४१ रनले पराजित गरेको छ। यो संगै अत्तरिया प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

पराजय व्यहोरेको काठमाडौंले भने फाइनल प्रवेश गर्नको लागि बिहिबार हुने इलिमिनेटरको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ। इलिमिनेटरमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल फाल्गुन ११ गते खेलिनेछ।

खेलमा पहिले ब्याटिंग गर्दै अत्तरियाले दिएको १११ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाण्डौले १८.३ ओभरमा समेटिदा ६९ रनमात्र बनाउन सक्यो।

अत्तरियाका सन्नी पटेलले पारीको पहिलो ओभर मेडन गरेका थिए भने कप्तान दिपेन्द्र ऐरीले दोश्रो ओभरमा मात्र १ वाइड खर्चेका थिए। तेस्रो ओभरको तेस्रो बलमा अनिल शाह सन्नी पटेलको रिटर्न क्याचमा डक आउट भए।

तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले पहिलो बलमा नै छक्का प्रहार गरे। चौथो ओभरको पहिलो बलमा नै मेहबुब आलम १ रनमा पेभेलियन फर्किए।

मल्लले चौथो ओभरको पहिलो बलमा दिपेन्द्र रावतलाई चौका हाने भने पाचौं बलमा अर्को ठुलो सट खेल्न खोज्दा स्टम्प आउट भए। उनले ४ बलमा ११ रन बनाएका थिए।

अंकित दबास र गौरव तोमरले २६ रनको साझेदारी गर्दै टीमको स्कोर ३९/४ को अवस्थामा पुर्याएका थिए। दबास ६ रनमा रन आउट भए भने त्यसको ३ बल पछी शुन्य रनमा सुर्य तामांग पनि रन आउट नै भए।

त्यसपछि थप ११ रन जोड्दा तोमरपनि २६ रनमा आउट भए। उनले २७ बलमा २ चौका र १ छक्का हाने। राशिद खान ६१ (४ रन) र योगेन्द्र कार्की (११ रन) ६२ रनको योगफलमा आउट भए।

थप ६ रन जोड्दा बिक्रम भुसाल (५ रन) कमल ऐरीको बलमा बोल्ड भए भने अन्तिम विकेटको रुपमा नन्दन यादव (शुन्य रन) पनि आउट भए।

बलिंगतर्फ प्लेयर अफ द म्याच समेत चुनिएका सन्नी पटेलले ३ विकेट लिन ४ ओभरमा १ मेडन सहित १८ रन खर्चे। त्यस्तै भुवन कार्की (३.३-०-१२-२) र कमल ऐरी (३-०-१३-२) ले समान २/२ विकेट लिए।

अत्तरियाको ब्याटिंग

टस जितेर पहिले ब्याटिंग गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रनको योगफल तयार पारेको थियो। अत्तरियाको लागि जयकिशन कोल्सवाला र सुबेन्दु पाण्डेले २६ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा आउट हुनुअघि कोल्सवालाले २० बलमा २ चौका सहित १३ रन बनाएका थिए।

राम्रो सुरुवात गरेको अत्तरियाका लागि झट्का दिनेक्रममा काठमाडौंका अंकित दबासले छैठौं ओभरको तेस्रो र चौथो लगातार दुई बलमा कोल्सवाला र रित गौतमलाई आउट गरे। गौतम गोल्डेन डक भए।

कप्तान ऐरीले सुबेन्दु पाण्डेसँग ४० रनको साझेदारी गरे। उक्त साझेदारीमा ऐरीले एघारौँ र बाह्रौं ओभरको तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरेका थिए। ऐरीले ३३ रन बनाउन ३४ बलमा ५ चौका हानेका थिए। लगत्तै सुबेन्दु पाण्डेपनि सुर्य तामांगको सोहि ओभरमा १६ रन बनाएर आउट भए।

१४ ओभरको समाप्तीमा ६८/४ को स्थितिबाट सन्नी पटेल र जितेन्द्र ठकुरीले ३५ रनको साझेदारी गरे। साझेदारीको क्रममा सन्नी पटेलले २ छक्का र १ चौका समेत हानेका थिए। पाचौं विकेटको रुपमा १९ औं ओबरको अन्तिम बलमा ठकुरी ६ रनको व्यक्तिगत स्कोरमा स्टम्प आउट भए। लगत्तै अन्तिम ओभरको तेस्रो बलमा बिक्रम भुसालको क्याचमा सन्नी पटेल पनि २४ बलमा आक्रामक २८ रन बनाएर पेभेलियन फर्किए।

पाचौं बलमा सन्दिप जोरा २ रन लिन खोज्दा १ रन पुरा गरेपछि व्यक्तिगत ३ रनमा रन आउट भए भने अन्तिम बलमा समेत भुवन कार्की १ रनमा रन आउट भए। कमल ऐरी कुनै बल सामना नगरी अविजित रहे।

बलिंगतर्फ काठमाडौंका लागि सुर्य तामांग (३-०-१४-२) र अंकित दबास (४-०-११-२) ले समान २/२ तथा राशिद खानले १ विकेट लिए।

सन्नी पटेल प्लेयर अफ द म्याच घोषित भए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]