घोषणा भयो अक्सनमा आधारित अर्को प्रतियोगिता – नेपालगंज कप

  • विकेटनेपाल, चैत ७ – बुधबार 

बाँके जिल्लामा पहिलोपटक फरक किसिमले क्रिकेट प्रतियोगिता आयोजना हुने भएका छ। ग्रीन इभेन्टो प्रालिले पहिलो पटक अक्सनमार्फत क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो। बैशाख ३ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमलाई सहभागि गराइने आयोजकले जनाएको छ। टिम खरिद अक्सनका आधारमा तय गरिनेछ।

‘स्वास्थ्य युवाका लागि, युवा राष्ट्रका लागि’ मुल नाराका साथ ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिता टी–२० फर्म्याटमा हुने ग्रीन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफीले बुधवार पत्रकार भेटघाटमा जानकारी दिए।

“यस प्रदेश तथा अन्य ठाउँमा रहेका खेलाडीमध्येबाट छनोट समितिले प्रारम्भमा ९० खेलाडी छनोट गर्नेछ।” रफीले भने  “उनीहरुबाट ६ टिम तयार गरिनेछ र खरिदका लागि व्यवस्था मिलाइनेछ।” हरेक टिमको सुरुवाती मुल्य ५० हजार तोकिएको उनले जानकारी दिए।

“हरेक टिममा अनुभवी खेलाडीलाई मेन्टरको रुपमा उपलब्ध गराउनेछौं।” प्रबन्ध निर्देशक रफीले भने–‘टिम मालिकलाई आर्थिक लगानी बाहेक थप झन्झट हुनेछैन, खेलाडीलाई आवास, भोजन, जर्सी लगायत सम्पुर्ण व्यवस्थापन आयोजकलेनै गर्नेछ।’

प्रतियोगितामा जिल्ला, क्षेत्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका खेलाडीहरुलाई बढीभन्दा बढी सहभागि गराउन जोड गरिएको छ। प्रतिभावान क्रिकेटर उत्पादनको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपालगन्ज क्रिकेट कपका इभेन्ट डाइरेक्टर सौगातविक्रम शाहले बताए-

“त्यसका लागि प्रदेश नं. ५ बाट ६० प्रतिशत र अन्य ठाउँबाट ४० प्रतिशत अनुपातमा खेलाडी सहभागि गराउन जोड दिइरहेका छौं।’ शाहले भने – “नेपालगन्जका लागि यो नयाँ अभ्यास हो, हाम्रो प्रमुख उद्देश्य यहाँको क्रिकेट माथि उकास्नु नै हो।” अक्सनमा टिम खरिद गर्न झण्डै डेढ दर्जन उद्योगी व्यवसायी इच्छुक रहेको शाहले जानकारी दिए।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीले परिकल्पना र अवधारणा यस ठाउँका लागि नौलो भएकाले खेलाडीलाई उत्साह जगाउने धारणा व्यक्त गरे।

पत्रकार भेटमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले मिसन आठौं राष्ट्रिय खेलकुदलाई टेवा पुग्ने गरी आयोजना गरिने हरेक प्रतियोगितालाई सघाउन आफुहरु तयार रहेको बताए। ‘प्रतियोगिता तिथि सार्वजनिक गर्नु आफैंमा खुशीको कुरा हो, यसले हाम्रो अभियानमा पनि टेवा पुग्दछ।’ अध्यक्ष ओलीले भने – ‘तर यो वा त्यो बहानामा मिति नसार्नुहोला ।’ आठौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट मैदानको पर्खाल निर्माणदेखि अन्य भौतिक पुर्वाधार निर्माणका कामहरु भइरहेको अवस्थामा त्यसैलाई बहाना बनाई प्रतियोगिता सार्ने वा अरुलाई आक्षेप लगाउने कार्य गर्न नहुनेतर्फ उनले आयोजकलाई सजग गराए।

राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले हरेक प्रतियोगिताका लागि राखेप सहयोग गर्न तयार रहेको बताए। आयोजकले प्रतियोगिता निरन्तरताको आधार तयार गर्न सके आगामी बर्षदेखि यस प्रतियोगितालाई राखेपको क्यालेन्डरमा समावेश गराउन आफुले कुनै कसर बाँकी नराख्ने उनले बताए।

प्रतियोगिताको कुल लागत २८ लाख ८५ हजार ७ सय ५० रुपैयाँ रहेको छ। विजेता टिमलाई एक लाख १० हजार, उपविजेतालाई ६० हजार नगद पुरस्कारले पुरस्कृत गरिनेछ। अन्य विधागत पुरस्कार समेत नगद व्यवस्था गरिएको जनाउँदै कुल नगद पुरस्कार दुई लाख विनियोजन गरिएको आयोजकले जनाएको छ। बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग रहने यस प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरिरहेको छ। क्रियटिभ ह्याण्ड्स रणनीतिक पार्टनरका रुपमा रहेको छ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]