अभ्यास खेलमा अस्ट्रेलियाको लगातार दोश्रो जित, श्रीलंका पराजित

इंग्ल्याण्डमा मे ३० देखि सुरु हुने एकदिवसीय विश्वकप प्रतियोगिता अघि अभ्यास खेल अन्तर्गत डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ। 

आजै सम्पन्न अर्को अभ्यास खेलमा अफगानिस्तानलाई इंग्ल्याण्डले ९ विकेटको विशाल अन्तरले पराजित गरेको थियो।  

रोज बल स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गर्दै श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर पुरा गर्दै ५ विकेटको जित दर्ता गरेको हो। यस अघि खेलिएको अभ्यास खेलमा पनि अस्ट्रेलियाले आयोजक इंग्ल्याण्डलाई १२ रनले पराजित गरेको थियो।

अस्ट्रेलियाको जितमा ओपनर उस्मान ख्वाजाले सर्वाधिक ८९ रन बनाए जुन क्रममा १०५ बलमा ३ चौका प्रहार गरे। शन मार्शले ३४, ग्लेन म्याक्सवेलले ३६ तथा मार्कस स्टोइनिसले ३२ रन बनाए।

श्रीलंका बलर जेफ्रे भानडरसेले २ विकेट ( ७.५-०-५१-२ ) लिए भने नुवान प्रदिप, मिलिन्दा सिरिवर्दना र धनन्जय डी सिल्भाले १/१ विकेट लिए।

पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २३९ रनको योगफल तयार गरेको थियो। ओपनर लाहिरु थिर्मानेले सर्वाधिक ५६ ( ६९ बलमा ७ चौका ) तथा धनन्जय डी सिल्भाले ४३ रन बनाए।

अस्ट्रेलियन बलर एडम जाम्पाले २ विकेट ( ९-०-३९-२ ) तथा मिचेल स्टार्क, प्याट कमिन्स, केन रिचर्डसन, ग्लेन म्याक्सवेल, नाथन लायन र स्टिभ स्मिथले १/१ विकेट लिए।

एकदिवसीय विश्वकप अन्तर्गत अस्ट्रेलियाले अफगानिस्तानसंग जुन १ तारिकसंग पहिलो खेल खेल्नेछ भने श्रीलंकाको पहिलो खेल अफगानिस्तानसंग जुन ४ तारिकमा रहेको छ। प्रतियोगिताको उद्घाटन खेल अन्तर्गत मे ३० तारिकमा आयोजक इंग्ल्याण्ड र दक्षीण अफ्रीकाले प्रतिस्पर्धा गर्नेछन्।

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]