लायनले ६ विकेट लिंदा पहिलो टेस्टमा अस्ट्रेलियाको शानदार जित

एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा भ्रमण टोलि अस्ट्रेलियाले इंग्ल्याण्डलाई २५१ रनले पराजित गरेको छ। जितसंगै ५ टेस्टको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ।

जितसंगै अस्ट्रेलियाले आईसीसी टेस्ट च्याम्पियनसिपमा समेत पहिलो जित दर्ता गर्दै २४ अंक बटुलेको छ।

कुनै पनि भ्रमण टोलिले एजब्यासटन मैदानमा पहिलो इनिंगमा पछि पर्दै जितेको यो पहिलो टेस्ट हो। अस्ट्रेलियाले पहिलो इनिंगमा ९० रनले पछि परेको थियो। पहिलो इनिंगमा ९० वा सो भन्दा बढीको अग्रताको बाबजुत २५१ रनको जित हालसम्मकै सबैभन्दा ठुलो जित हो। १९६६ मा पछिल्लो पटक दक्षिण अफ्रीकाले अस्ट्रेलियालाई पहिलो इनिंगमा १२६ रनले पछि पर्नुको बाबजुत पराजित गरेको थियो।

Biggest wins after conceding a 1st innings lead of 90+
251 Aus v Eng Edgbaston 2019 (Lead: 90) *
233 SA v Aus Jo’burg 1966/67 (126)
197 Aus v SL Galle 2003/04 (161)
193 NZ v SL Wellington 2014/15 (135)

अन्तिम दिन जितको लागि अस्ट्रेलियाले दिएको ३९८ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिंग गरेको इंग्ल्याण्डले ५२.३ ओभरमा १४६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। इंग्ल्याण्डको लागि क्रिस वोक्सले सर्वाधिक ३७ रन तथा जेसन रोय र जो रुटले समान २८ रन बनाए।

इंग्ल्याण्डलाई सस्तोमा समेट्न अफ-स्पिनर नाथन लायनले सर्वाधिक ६ विकेट ( २०-५-४९-६ ) तथा तिब्र गति बलर प्याट कमिन्सले ४ विकेट ( ११.३-३-३२-४ ) लिए। लायनले जेसन रोय, जो रुट, जो डेनलि, बेन स्टोक्स, मोइन अलि र स्टुवार्ट ब्रडको महत्वपूर्ण विकेट लिए।

स्मिथ प्लेयर अफ द म्याच चुनिए

टेस्टको पहिलो इनिंगमा टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले २८४ रन बनाएको थियो। जवाफमा इंग्ल्याण्डले ३७४ रन बनाएर पहिलो इनिंगमा ९० रनको अग्रता लिएको थियो। अस्ट्रेलियाले दोश्रो इनिंगमा ४८७/७ को अवस्थामा इनिंग घोषणा गर्दै जितको लागि ३९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

अस्ट्रेलियाको जितमा बल टेम्परिंग घटनामा आरोपित भएपछि १ वर्षे प्रतिबन्धबाट टेस्ट क्रिकेटमा कमब्याक गरेका स्टिभ स्मिथले उत्कृस्ट प्रदर्शन गरे। प्लेयर अफ द म्याच चुनिएका स्मिथले पहिलो इनिंगमा मुस्किल अवस्थामा १४४ रन बनाएका थिए भने दोश्रो इनिंगमा पनि  २०७ बलमा १४२ रन बनाउदै ठुलो योगफल बनाएका थिए। दोश्रो इनिंगमा म्याथु वेडले पनि ११० रन बनाएका थिए।

टेस्ट समरी 

अस्ट्रेलिया पहिलो इनिंग : २८४ (  स्टिभ स्मिथ १४४, स्टुवार्ट ब्रोड ५/८६ )
इंग्ल्याण्ड पहिलो इनिंग : ३७४ ( रोरी बर्नस १३३ , कमिन्स ३/८४ , लायन ३/११२ )
अस्ट्रेलियाको दोश्रो इनिंग : ४८७/७ ( स्टिभ स्मिथ १४२ , म्याथु वेड ११० , बेन स्टोक्स ३/८५ )
इंग्ल्याण्ड दोश्रो इनिंग : १४६/१० ( क्रिस वोक्स ३७ , नाथन लायन ६/४९ , प्याट कमिन्स ४/३२ )

सिरिज अन्तर्गत दोश्रो टेस्ट अगस्ट १८ बाट लर्ड्समा खेलिनेछ।

 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]